७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो

महानगरले लन्च गर्यो ‘केएमसी एप’, यसमा के कस्तो सुविधा छ ?

महानगरले लन्च गर्यो ‘केएमसी एप’, यसमा के कस्तो सुविधा छ ?
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘केएमसी एप’ लन्च गरेको छ ।  महानगरको होमडेलिभरी सरकारको अवधारणा अनुरुप सेवाप्रवाह सुधारका लागि उक्त एप लन्च गरिएको मेयर बालेन साहले बताए ।

सेवाप्रवाह सुधारका लागि एकिकृत डिजिटल शुसासन प्रणाली केटीएम एप लन्च गरीएको हो । यस एपबाट मेयर साहसँग एप्वाइन्टमेन्ट लिन सकिने छ ।

उक्त एपबाट ३० भन्दा बढी प्रकार सिफारिसहरु अनलाइन राजस्व,नगर प्रमुखसँग भेटघाटका लागि अपोइन्टमेन्ट, च्याटबोट, महानगरको बारेमा बिभिन्न सूचना तथा समाचारहरू, विभागगत कार्य विवरणसहितको डिजिटल नागरिक वडापत्र,हेल्लो मेयर, जनगुनासो, स्मार्टकर, प्रकाशित राजपत्रहरू, पर्यटकीय स्थलहरू, आकस्मिक सेवाहरु जस्तै रगत, एम्बुलेन्स, दमकल तथा प्राकृतिक प्रकोप,सार्वजनिक शौचालयहरुलगायतका बारेमा सेवा लिन सकिने मेयर साहले बताए ।

एपबाट महानगरका सेवाग्राहीहरूले अनलाइन मार्फत जुनसुकै ठाउबाट महानगरको सेवा लिन सकिने व्यवस्था रहेको छ। कार्यालयमै उपस्थित भएर गर्नुपर्ने सिफारिसहरूका लागि भने सेवाग्राही कार्यालयमै उपस्थित हुनुपर्नेछ ।

यसबाट अनलाइन पेमेन्ट जस्तै सम्पत्तिकर, भूमी तथा मालपोत कर, ब्यवसाय कर जस्ता बिभिन्न करहरू तिर्न सकिने छ । जसको लागि महानगरले इसेवा, खल्ती आएम इ पे प्रभु पे जस्ता पेमेन्ट गेटवे इन्टिग्रेट गरिएको छ ।

महानगरले दिने सेवाहरु यसप्रकारको छ:
✓ अनलाइन राजस्व,
✓ नगर प्रमुख संग भेटघाटका लागि अपोइन्टमेन्ट,
✓ च्याटबोट,
✓ महानगरको बारेमा बिभिन्न सूचना तथा समाचारहरू,
✓ बिभागगत कार्यबिबरण सहितको डिजिटल नागरिक वडापत्र,
✓ हेल्लो मेयर,
✓ जनगुनासो,
✓ स्मार्टकर,
✓ प्रकाशित राजपत्रहरू,
✓ पर्यटकीय स्थलहरू,
✓ आकस्मिक सेवाहरु जस्तै रगत, एम्बुलेन्स, दमकल तथा प्राकृतिक प्रकोप
✓ , सार्बजनिक शौचालयहरु समेटिएका छन ।
यस एप मार्फत हाललाइ
➢ नागरिकता सम्बन्धी सिफारिस ,
➢ घरवाटो सिफारिस, कित्ताकाट सिफारिस,
➢ जग्गा मुल्यांकन सिफारिस,
➢ घरधनी प्रमाणपुर्जाको प्रतिलिपि,
➢ घर कायम सिफारिस,
➢ सम्पत्ति कर चुक्ता सिफारिस,
➢ अस्थायी बसोबास सिफारिस,
➢ स्थायी बसोबास सिफारिस,
➢ बिद्युत जडान सिफारिस,
➢ धारा जडान सिफारिस,
➢ आन्तरिक बसाइसराइ सिफारिस,
➢ कोठा खालि गर्ने सिफारिस,
➢ जन्म मिति प्रमाणित,
➢ अविवाहित प्रमाणित,
➢ नामथर फरक सिफारिस, बैंक खाता बन्द गर्ने सिफारिस,
➢ अदालत शुल्क मिनाहा सिफारिस,
➢ बैंक खाता बन्द गर्ने सिफारिस,
➢ ब्यवसाय बन्द सिफारिस,
➢ संस्था दर्ता सिफारिस, छात्रबृत्ति सिफारिस,
➢ अपांगता सिफारिस, बिद्यालय कक्षा बृद्दी सिफारिस,
➢ बिपन्न नागरिक औषधी उपचार सिफारिस,
➢ ब्यवसाय स्थानान्तरण सिफारिस, लगायका ३१ वटा सिफारिसहरू अनलाइन गरिएको छ भने अन्य केही कार्यालयमै उपस्थित भएर गर्नुपर्ने सिफारिसहरूका लागि भने सेवाग्राही कार्यालयमै उपस्थित हुनुपर्नेछ ।
यस एपमा अनलाइनबाटै सम्पत्तिकर, भूमी तथा मालपोत कर, ब्यवसाय कर जस्ता बिभिन्न करहरू तिर्न सकिने जसमा इसेवा, खल्ती आएम इ पे प्रभु पे जस्ता पेमेन्ट गेटवे इन्टिग्रेट गरिएको छ ।