७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोपबहादुर रायमाझी पक्राउ, काठमाडौँ ल्याइँदै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी पक्राउ परेका छन् । उनलाई भैरहवाबाट पक्राउ गरिएको हो ।

हिजो छोरा सन्दीप रायमाझी पक्राउ परेपछि उनी सम्पर्कबिहीन भएका थिए । प्रहरीले आज टोपबहादुर रायमाझी र छोरा सन्दीपलाई विमानमार्फत काठमाडौँ ल्याउने तयारी गरेको छ । प्रहरीले सन्दीपलाई हिजो बुटवलबाट पक्राउ गरेको थियो । भैरहवामा विहानको मौसम खराब भएकाले ल्याउन केही ढिलाइ भएको प्रहरीले जनाएको छ ।

छोरा पक्राउ परेपछि हिजो काठमाडौँ आउनका लागि विमानको टिकट काटेमा टोपबहादुर रायमाझी भने अन्तिम समयमा टिकट रद्द गरेका छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने भन्दै गर्ने गिरोहमा संलग्न रहेको अभियोगमा पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई प्रहरीले हिजो पक्राउ गरेको थियो । उनलाई पेप्सीकोलाबाट बुधबार दिउँसो पक्राउ गरिएको हो । पाण्डे उपराष्ट्रपति कार्यालयमा सचिव थिए । उहाँ २०७८ साउन २७ लदेखि २०७९ असोज २ गतेसम्म गृहसचिव रहनुभएको थियो । पक्राउ परेसँगै उहाँ निलम्बनमा पर्नुभएको छ । पाण्डेलाई तीन दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति समेत दिएको छ ।

सोही प्रकरणमा अर्का योजनाकार पूर्वगृहसचिव रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई पै्रहरीले मंगलबार पक्राउ गरेको थियो । प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्तिहरुमाथि अनुसन्धान जारी रहेको बताउनुभयो ।

यस प्रकरणमा हालसम्म आठ जना पक्राउ परिसकेका छन् ।