२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीले गुजरातलाई पाँच रनले हरायो



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग अन्तर्गतको आजको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पाँच रनले पराजित गरेको छ । दिल्लीले दिएको १३१ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा जम्मा १२५ रन मात्रै बनाउन सक्यो ।

पहिलो ब्याटिङ गरेको दिल्लीको सुरुवात बिर्सनलायक बन्यो । खेलको पहिलो बलमै विकेट गुमाएको दिल्लीले पावर प्लेमा पाँच विकेट गुमाएर जम्मा २८ रन बनाउन सक्यो ।

सुरुआतदेखि संकटमा फसेको दिल्लीका लागि मध्यमक्रममा ब्याटर अक्सर पटेल, अमन हाकिम खान र रिपल पटेलले सम्हाले । अक्सलले २७ रन बनाउँदा अमन हाकिम खानले ४४ बलमा तीन छक्का र तीन चौकाको सहयोगमा ५१ रनको अर्धशतकीय पारी खेले । साथै रिपल पटेलले २३ रन बनाए । गुजरातका लागि मोहम्मद सामीले चार, मोहित शर्माले २ र राशिद खानले एक विकेट लिए ।

सामान्य लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रेको गुजरातको सुरुआत राम्रो भएन । गुजरातले ओपनर ऋद्धिमन शाह र शुभमन गिललाई सस्तैमा गुमायो । कप्तान हार्दिक पाण्डेले अविजित ५९ रन बनाए पनि जीतका लागि पर्याप्त भएन । मध्यमक्रममा ब्यााटर अभिनभ मनोहरले २६ र राहुल तेवाताईले २० रन बनाउँदै खेललाई अन्तिमसम्म पुर्याए ।

यो जितसँगै दिल्लीले प्रतियोगितामा सम्भावना कायमै राखेको छ । नौ खेल खेलबाट गुजरात १२ अंकका साथ शीर्ष स्थानमा छ भने समान खेल खेलेको दिल्ली ६ अंकका साथ तालिकाको पुच्छारमा छ ।




भर्खरै