एजेन्सी । इङ्लिश प्रिमियर लिग फुटबल अन्तरगत म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ ।
आइतबार सम्पन्न खेलमा युनाइटेडले एस्टन भिल्लालाई १-० गोलले पराजित गरेको हो ।
घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन खेलको ३९ औ मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गरे ।
जितसंगै युनाइटेड ३२ खेलबाट ६३ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । भिल्ला ३४ खेलबाट ५४ अङ्कका साथ छैटौं स्थानमा छ ।