३१ भाद्र २०८३, बुधबार
,
Latest
स्वास्थ्य बीमा प्रभावकारी नहुँदा सर्वसाधारणले हैरानी खेप्नुपरेको सांसद शर्माको आरोप ईभी दुर्घटना बढेको भन्दै ‘ईभी सेफ्टी एजुकेसन’ कार्यक्रम सञ्चालन गर्न सांसद बमको माग दैनिक उपभोग्य वस्तुमा भइरहेको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकार गम्भीर होस्ः सांसद केसी बागलुङको अर्बाउदीका घरघरमा शुद्ध खानेपानीका धारा गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण ट्रक र हायस ठोक्किँदा १७ जना घाइते चाडपर्वमा व्यवसायीलाई बजार अनुशासन गर्न आग्रह प्रधानमन्त्री शाह र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन साउदी विमान खसालेको हुथीको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा नीति तथा कार्यक्रम पेश हुदै, बिपक्षीमा उभिने एमालेको निर्णय



अ+ अ-

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । 

मंगलबार बसेको एमालेको कर्णाली प्रदेशसभा संसदीय दलको सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । 

यस अघि फ्लोर क्रस गरेका सांसद प्रकाश ज्वाला सहित १६ जना सांसद सहभागी भएको बैठकले सरकारल ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेका हो । 

बैठक दलको निर्देशन अबज्ञा गर्ने तीन जना सांसद अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही भने उपस्थित भएका थिएनन् । कर्णाली प्रदेश सरकारले आज नै नीति तथा कार्यक्रम पास गरेर बजेट ल्याउने तयारी गरेको छ । एमाले यो निर्णयपछि नीति तथा कार्यक्रम नै पास हुन्छ हुदैन भन्ने अन्योलता रहेको छ ।