५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लामा स्याउ बगैँचा फुलेर सेताम्मे



अ+ अ-

जुम्ला । यहाँका स्याउ बगैँचा फुलेर सेताम्मे भएका छन् । यो याममा जुम्ली किसानले लगाएका स्याउ बगैँचा फुलेर सेताम्मे बनेका छन् । यहाँका आठवटै स्थानीय तहका किसान स्याउ खेतीमा निर्भर छन् । किसानका स्याउ बगैँचा फलेर रङ्गीचङ्गी भएको तिला गाउँपालिका–२ का स्याउ किसान दलबहादुर रावतले बताउनुभयो ।

अहिले स्याउ बगैँचामा किसान व्यस्त हुने गरेका छन् । माघदेखि स्याउ बिरुवाको रेखदेख, मलखाद व्यवस्थापनलगायत काममा किसानलाई चटारो परेको स्याउ किसान रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “स्याउका बिरुवा फुलेपछि बगैँचामा सिँचाइ गर्ने स्थानीयलाई भ्याइनभ्याइ छ, बगैँचामा पाँच सय स्याउका बिरुवा फुलेपछि स्याउ बगैँचा सेताम्मे बनेको छ ।” स्याउ फुलेकाले यस वर्ष लटरम्म फल्ने आशा रहेको रावतको भनाइ छ ।

स्याउका फूल फुलेदेखि फल लाग्ने समयसम्म विशेष ख्याल गर्नुपर्छ । “स्याउ हरेक वर्ष सुर्खेत र नेपालगञ्जमा बिक्री गर्न लैजाने गरेको छु, गत वर्ष स्याउबाट झन्डै रु पाँच लाख आम्दानी भएको थियो”, उहाँले भन्नुभयो । यस वर्ष कम्तीमा रु सात लाख आम्दानी हुने आशा गरेको स्याउ किसान रावतले बताउनुभयो ।

फूलसँगै फोटो खिच्नेदेखि टिकटक बनाउनका लागि बगैँचामा मान्छे आउने गरेका कनकासुन्दरी–२ का स्याउ किसान बखतबहादुर बुढाले जानकारी दिनुभयो । अहिले जिल्लाका सबै स्याउ बगैँचा फुलेर सेताम्य भएका छन् । पालुवा नपलाउँदासम्म स्याउमा असिनाले क्षति गर्ने कि भन्ने चिन्ताले पिरोल्न थालेको यहाँका स्याउ किसान बताउँछन् ।

बगैँचामा स्याउका बोट फुलेर सेताम्मे भएपछि जुम्लाको वातावरण मनोरम देखिएको छ । सुक्खा मौसममा स्याउ फुलेर सेताम्य देखिएको जुम्लामा आन्तरिक तथा बाह्य पर्यटक पनि स्याउका फूलसँगै रमाउन थालेका छन् । कर्णाली राजमार्ग हुँदै राराताल पुगेका पर्यटक स्याउका फूलसँगै फोटो खिचाउँदै भिडियो बनाउन ओहोरदोहोर गर्ने गरेको स्याउ किसान महेन्द्र बुढाले बताउनुभयो । अहिले फुलेको स्याउ भदौमा पाकेपछि बगैँचा राताम्मे हुन्छन् ।

यहाँ गोल्डेन, रेड, रोयल, जोनाथान र ओरेन्ज टिपिन, म्याकन्जलगायत जातका स्याउ उत्पादन हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयले जनाएको छ । यहाँका १८ हजार घरधुरीमध्ये करिब १६ हजार घरधुरी स्याउ खेतीमा संलग्न रहेको कृषि विकास कार्यालयले जनाएको छ । कृषि विकास कार्यालयका अनुसार अहिले चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउ खेती हुने गरेको छ । रासस




भर्खरै