११ भाद्र २०८३, बिहीबार
,
Latest
छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

असार महीनाको पहिलो कारोबारको दिन नेप्से परिसूचक ओरालो, ३.७२ अंकले झरेर सामान्य केक्सन



अ+ अ-

काठमाडौं । मंगलबार नेप्से परिसूचक शून्य दशमलव १२ प्रतिशतले घटेर ३ दशमलव ७२ अंकले घटेको छ । यो दिन शेयर बजारमा सामान्य केक्सनपछि नेप्से ३ हजार २२ दशमलव १० विन्दुमा झरेको हो । 

आव सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव २५ अंक बढेर ५५० दशमलव २६ विन्दुमा पुगेको छ । सामान्य अंकको करेक्सन भएको दिन कारोबार रकम पनि घटेको छ । मंगलबार रू. १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार बराबरको ३ करोड ९ लाख ४८ हजार ८५३ कित्ता शेयर कारोबार भएको छ । 

यो कारोबार २२६ ओटा कम्पनीको १ लाख ६४ हजार ७९० पटकको व्यापारमा भएको हो । आज अन्य समूहको परिसूचक सर्वाधिक ३ दशमलव ९९ प्रतिशतले बढ्दा लगानी समूहको २ दशमलव शून्य ७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव १४ प्रतिशत, होटल्स तथा पर्यटनको १ दशमलव ५ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशमलव ३५ प्रतिशत परिसूचक बढेको छ ।

साथै यस दिन तीन ओटा जलविद्युत् कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ । सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको ९ दशमलव ८८ प्रतिशत, खानीखोला हाइड्रोपावरको ९ दशमलव ८२ प्रतिशत र युनियन हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ७८ प्रतिशत बढेको छ ।

त्यस्तै आजको दिन विकास बैंक र वित्त समूहसँगै जलविद्युत समूहका लगानीकर्ताहरुले अरुभन्दा बढी गुमाएका छन् । विकास बैंक समूहको परिसूचक सर्वाधिक ४ दशमलव ४२ प्रतिशत, वित्तको ३ दशमलव २९ प्रतिशत र जलविद्युतको २ दशमलव ८ प्रतिशत परिसूचक घटेको छ ।

बैंकिङ्गको शून्य दशमलव ३४ प्रतिशत, व्यापारिकको शून्य दशमलव २७ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव शून्य १ प्रतिशत, लघुवित्तको शून्य दशमलव ७३ प्रतिशत र जीवन बीमाको शून्य दशमलव शून्य ६ प्रतिशत परिसूचक घटेको हो ।

जलविद्युत् समूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घट्दा सीईडीबी हाइड्रोपावरको प्रतिकित्ता रू. ६० ले बढेर अन्तिम मूल्य रू. ६६७, खानीखोला हाइड्रोपावरको प्रतिकित्ता रू. २७ ले बढेर अन्तिम मूल्य रू. ३०२ र युनियन हाइड्रोपावरको प्रतिकित्ता रू. ३६ ले बढेर अन्तिम मूल्य रू. ४०४ पुगेको हो । 

यस दिन छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक घटेको छ । कम्पनीको शेयरमूल्य ७ दशमलव ६६ प्रतिशत अर्थात प्रतिकित्ता रू. ४२ ले घटेर अन्तिम मूल्य रू। ५०६ मा झरेको छ । त्यस्तै यो दिन लिवर्टी ईनर्जी कम्पनीको शेयरमूल्य पनि ७ दशमलव शून्य २ प्रतिशतले घटेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३२ ले घटेर अन्तिम मूल्य रू. ४२४ मा झरेको हो ।

मंगलबार सर्वाधिक रकमको शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । उक्त कम्पनीको रू. ​७६ करोड ३० लाख ९७ हजार बराबरको शेयर कारोबार भएको हो । यो दिन उक्त कम्पनीको शेयरमूल्य ३ दशमलव ३२  प्रतिशत अर्थात् प्रतिकित्ता रू. ६२ ले बढेर अन्तिम मूल्य रू. १ हजार ९३० कायम भएको छ ।