२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेन्नईलाई ३२ रनले हराउँदै राजस्थान आईपीएलको शीर्षस्थानमा उक्लियो



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत लिग चरणको ३७ औं खेलमा राजस्थान रोयल्स (आरआर)ले चेन्नई सुपर किंग्स (सीएसके)लाई ३२ रनले पराजित गरेको छ । यो जितसँगै राजस्थान ८ खेलमा ५ जित हात पार्दै १० अंकसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । चेन्नई ८ खेलमा समान अंकसहित तेस्रो स्थानमा छ ।

बिहीबार जयपुरको सवाई मानसिंह स्टेडियममा टस जितेर पहिले ब्याटिङ गर्न आएको रोयल्सले २० ओभरमा ६ विकेट गुमाएर २०२ रन बनाएको थियो । जवाफमा सुपर किंग्सले ६ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो । राजस्थानका स्पिनरले ५ विकेट लिए भने यशस्वी जैसवालले पहिलो इनिङ्समा ७७ रन बनाए । यही इनिङ्सका लागि यशस्वीले प्लेयर अफ द म्याचको अवार्ड पाए ।

यशस्वी जैसवालले पहिलो इनिङ्समा करियरकै उत्कृष्ट ७७ रन बनाएका थिए । अन्तिम ओभरमा ध्रुव जुरेल र देवदत्त पद्डिकलले २० बलमा ४८ रनको साझेदारी गरे । राजस्थानले १७ औं ओभरमा १४६ रनमा सिमरोन हेटमायरको विकेट गुमाएको थियो ।

यहाँबाट ध्रुव जुरेल र देवदत्त पड्डिक्कलले २० बलमा ४८ रनको साझेदारी गर्दै टोलीको स्कोर २०० रनमा पुर्याएका थिए । जुरेल १५ बलमा ३४ रन बनाएर रनआउट भए । पडिक्कलले १३ बलमा २३ रनको अविजित इनिङ खेले । टोलीका बाँकी ब्याट्सम्यानमा जोस बटलर २७, सञ्जु सामसन १७ र हेटमायर ८ रन बनाएर आउट भए । रविचन्द्रन आश्विन एक रन बनाएर नटआउट रहे ।

चेन्नईका तुषार देशपाण्डेले २ विकेट लिए । महिश तिक्षाना र रविन्द्र जडेजाले १–१ विकेट लिए । एउटा ब्याटर रनआउट भए ।

२०३ रनको लक्ष्यमा निकै सुस्त सुरुवात गरेको चेन्नईले ११ ओभरमा ७३ रनमा ४ विकेट गुमाएको थियो । यहाँबाट मोइन अली र शिवम दुबेले साझेदारी गर्दै टोलीलाई जितको आशा जगाए । दुबेले २९ बलमा अर्धशतक बनाए पनि आफ्नो टोलीलाई जिताउन सकेनन् । उनी ३३ बलमा ५२ रन बनाएर आउट भए ।

टिमका बाँकी ब्याट्सम्यानमा ऋतुराज गायकवाड ४७, डेभोन कोनवे ८, अजिंक्य रहाणे ८, अम्बाती रायडु ०, मोइन अली २३ र रविन्द्र जडेजाले २१ रन बनाए । राजस्थानका एडम जम्पाले ३ तथा रविचन्द्रन आश्विनले २ विकेट लिए । बायाँ हाते बलर कुलदीप यादवले एक विकेट लिए ।

आजको खेलः पञ्जाव किंग्स भर्सेस लखनउ सुपरजायन्ट्य, साँझ ७ः४५ बजे