२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको पाँच विकेटमा कतारलाई हराउदै नेपाल सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ए’ को अन्तिम खेलमा कतारलाई हराउदै नेपाल समूह ‘ए’ को विजेता बनेको छ । अब फाईनल प्रबेशको लागि नेपालले समुह बी को उपविजेतासँग भिड्नेछ ।

जितको लागि नेपालले दिएको १५८ रनको सामान्य लक्ष्य पछ्याएको कतारले २५.१ ओभरमा अलआउट हुदै ८९ रन बनायो । कतारका लागि जाहीर ईब्राहिम र खुराम शेहजादले समान १५ रन बनाउदा ओपनर कमरान खान ८ रनमा क्याच आउट भए ।

यस्तै, कतारका प्रमुख ब्याटर इमाल लियानागे ६ रन बनाउदा आमिर फारुक १४ रनमा सिमित रहे । कतारका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ब्याटिङमा खराब प्रदर्शन गरेको नेपालले बलिङ भने उत्कृष्ट गर्यो । नेपालको जितमा स्पिनर सन्दीप लामिछानेले सर्बाधिक पाच विकेट लिए । यस्तै, सोमपाल कामीले तीन तथा ललित राजवंशीले दुई विकेट लिए ।

त्यसअघि टियू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४० दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै एक सय ५७ रन बनायो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४२ रनको योगदान दिएका । उनले ५८ बल खेल्दै छ चौका प्रहार गरेका थिए ।

यस्तै कप्तान रोहितकुमार पौडेलले २७, आसिफ शेखले १९, दीपेन्द्रसिंह ऐरीले १२ तथा सोमपाल कामी र आरिफ शेखले समान ११/११ रन बनाए ।

बलिङतर्फ कतारका क्वाइस अहमदले १० ओभरमा ३६ रन खर्चेर तीन विकेट लिए । आमिर फारुकले चार विकेट लिदा मुनाविराले २ विकेट लिए भने इक्रमउल्लाह खानले एक विकेट लिए ।

नेपाल ४ खेलमा ३ मा जित र १ मा अंक बाँड्दै ७ अंकका साथ शीर्ष स्थानमा रहेर समूह ए को विजेताको रुपमा सेमिफाइनलमा पुगेको छ ।नेपालले सेमिफाइनल खेलमा समूह बी को उपविजेतासँग खेल्नेछ । ओमान ४ खेलमा ३ मा जित र १ खेलमा हारका साथ ६ अंकका साथ दोस्रो स्थानमा रहँदै समूह उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनायो ।

समूह बी मा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्ष स्थानमा छ । हङकङ र कुवेतबीचकोा खेल मुलपानी क्रिकेट मैदानमा जारी छ । उक्त खेलको नतिजापछि समूह बी को विजेता र उपविजेता निर्धारण हुनेछ ।

सेमिफाइनल शनिबार र फाइनल सोमबार हुनेछ । उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।