२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी प्रिमियर कपः साउदीलाई ७२ रनले हराउँदै ओमान सेमिफाइनलमा



अ+ अ-

काठमाडौं । एसिसी प्रिमियर कपमा साउदी अरेवियालाई ७२ रनले हराउँदै ओमानले सेमिफाइनलमा स्थान पक्का गरेको छ । समूह ए मा रहेको ओमान तीन जितका साथ ६ अंक जोड्दै शीर्ष स्थानमा रहदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

जितको लागि ओमानले दिएको ३ सय ६७ रनको विशाल लक्ष्य पछ्याएको साउदी ४६.५ ओभरमा २ सय ९४ रन बनाएर अल आउट भयो । साउदीका ओपनर अब्दुल वहिदले ८६ बलमा १४ चौका र १ छक्कासहित सर्वाधिक ९५ बनाए । यस्तै, साद खान ८० बलमा १० चौका र १ छक्कासहित ७८ रनमा आउट भए । अब्दुल र साद खानले १ सय ७७ रनको सानदार शतकीय साझेदारी गरे ।

यस्तै, हिशम शेखले ३६ रन बनाउदा अब्दुल वाहिद २५ रनमा आउट भए । साउदीका इमरन आरीफले १० रन जोड्दा अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ ओमानका बिलाल खानले ८.५ ओभरमा ७५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । जय ओडेराले ९ ओभरमा ६१ रन खर्चेर ३ विकेट लिए भने जिशान मकसुदले १० ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । यस्तै,आयन खानले एक विकेट लिए ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमनलले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँर्दै ३६६ रनको योगफल बनाएको थियो । ओमनका पाँच ब्याटरले अर्धसतक प्रहार गरेका थिए ।

ओमनका जितेन्द्र सिहले सर्वाधिक ८८ रनको योगदान दिए । उनले ७९ बल खेल्दै ११ चौका र दुई छक्काको मद्दतमा ८८ रनको योगदान गरेका थिए । त्यसैगरी ओमनका अर्का खेलाडी मोहमद नादिमले अविजित ७१ रन बनाउँदा स्वेब खानले ६८ तथा कप्तान जिसन मोक्सुदले ५४ रन जोडेका थिए । त्यस्तै कस्यप प्रजापतिले ५१ रनको योगदान दिए ।

बलिङतर्फ साउदी अरेबियाका अतिफ उर रेहमानले तीन विकेट लिएका थिए भने अबदुल वाइदले दुई विकेट झारे ।

बिहीबार नेपालले समूह ए को अन्तिम खेलमा कतारसँग खेल्नेछ । उक्त खेलमा नेपाल विजयी भएमा समूह विजेता र पराजित भएमा उपविजेता बन्नेछ । समूह बी को कुवेत र हङकङबीचको विजेता टोली सेमिफाइनलमा पुग्नेछ । बिहीबारको नतिजाले मात्रै दुबै समूहको समूह विजेता र उपविजेता निर्धारण हुनेछ ।

प्रतियोगिता पहिलो सेमिफाइनल खेलमा समूह ए को विजेताले समूह बी को उपविजेतासँग खेल्नेछ भने दोस्रो सेमिफाइनल खेलमा समूह बी को विजेताले ए को उपविजेतासँग खेल्नेछ ।

शनिबार सेमिफाइनलको खेल हुनेछ भने फाइनल सोमबार हुनेछ । प्रतियोगिता विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तासँग खेल्न पाउनेछ ।

यस्तै,शीर्ष तीन टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।