२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एपिएफले खुमलटारलाई हरायो



अ+ अ-

काठमाडौँ । विभागीय टोली एपिएफ क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा सोमवार खुमलटार युथ क्लवलाई हराएको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न १२ औं चरणको पहिलो खेलमा एपिएफले खुमलटारलाई २–० गोल अन्तरले पराजित गर्दै जारी लिगमा पाँचौं जित निकालेको हो । यस जितसँगै एपिएफ शहीद स्मारक ए डिभिजन लिग तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । एपिएफले १२ खेलबाट १७ अंक बनाएको छ भने जारी लिगमा सातौं पराजय भोगेको खुमलटार १३ अंक सहित ११ औं स्थानमा छ ।

खुमलटार बिरुद्ध शुरुवातबाट नै आक्रमक देखिएको एपिएफले खेलको २५औं मिनेटमा गोलको खाता खोलेको थियो । बुद्धिमान राईले उपलब्ध गराएको पासलाई अब्डोउ रमानीले गोल गर्दै एपिएफलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफमा खुमलटार खेलमा फर्किनलाई निकै प्रयास गरेपनि सफल हुन सकेन ।

दोस्रो हाफमा अलि सुधारिएको खेल देखाउने प्रयास गरेपनि खुमलटार खेलमा फर्किन असफल भयो । पहिलो हाफमा लिएको अग्रता पछि उच्च मनोबलका साथ खेलेको एपिएफले दोस्रो हाफमा दोस्रो गोल थप्न सफल भयो । ७० औं मिनेटमा अर्मान्ड बिडोमले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खुमलटारका गोलकिपर राजकुमार लिम्बूले पेनाल्टी बक्स भन्दा अगाडि आएर नियन्त्रण गर्ने प्रयास गरेको बललाई खोस्दै अर्माण्ड बिडोमले टोलीका लागि दोस्रो गोल गर्न सफल भएका हुन् । बाँकी समयमा खुमलटार खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन ।

लिगमा मंगलवार तीन खेल हुनेछन् । एन्फा मुख्यालयमा हुने खेलमा मनाङ मस्र्याङ्दी क्लवले विभागीय टोली नेपाल पुलिस क्लवसँग प्रतिष्पर्धा गर्नेछ । यस्तै दशरथ रंगशालामा पहिलो खेल फ्रेण्ड्सले न्युरोड टिम एनआरटी (एनआरटी) बीच हुनेछ भने दोस्रो खेल जावलाखेल युथ क्लव र चर्च ब्वाईज क्लवबीच प्रतिष्पर्धा हुनेछ ।