• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान

शेर्पा र सातदोबाटोले अंक बाँडे



काठमाडौँ । हिमालयन शेर्पा क्लब र सातदोबाटो युथ क्लवले राजधानीमा जारी शहीद स्माकर ए डिभिजन लिगमा आईतवार बराबरी खेल्दै अंक बाँडेका छन् ।

ललितपुरस्थित च्यासल मैदानमा ११ औं चरणको खेल अन्तर्गतको खेलमा हिमालयन शेर्पा र सातदोबाटो युथ क्लवले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । निकै रोमाञ्चक बनेको खेलमा सातदोबाटो युथ क्लवका लागि दीपकराज सिंह ठकुरीले दुई गोल गर्दा हिमालनका लागि निशान लिम्बू र सुशिल राईले एक÷एक गोल आफ्नो नाममा लेखाए ।

आक्रामक रणनीतिका साथ मैदान उत्रिएको सातदोबाटोले पहिलो मिनेटमा नै गोलको खाता खोलेको थियो । दीपकले पासाङ लामाको क्रसलाई पेनाल्टी बक्स भित्रबाट हेडमार्फत दीपकराजले गोलमा परिणत गरेका थिए । ११ औं मिनेटमा दीपकराजले टोलीका लागि तथा व्यक्तिगत दोस्रो गोल थप्दा सातदोबाटोले पहिलो हाफमा २–० को अग्रता पाएको थियो ।

दोस्रो हाफमा सुधारिएको खेल देखाएको हिमालयन शेर्पा खेलमा फर्किन सफल भयो । ७१ औं मिनेटमा निशान लिम्बूले गोल गर्दै खेलमा फर्किने संकेत देखाए । अबायमी फकुन्लेको पासलाई सदुपयोग गर्दै निशानले गोल गरेका थिए ।

अग्रता छोट्याएसँगै मनोबल बटुलेको हिमालयन शेर्पाले ८९ औं मिनेटमा दोस्रो गोल गर्दै खेल बराबरीको अवस्थामा ल्यायो । हिमालयनका लागि सुशिलले कप्तान विश्वास श्रेष्ठको क्रसलाई जाली चुमाउँदै खेलमा फर्काएका थिए । बाँकी समयमा दुवै टोलीले काउन्टरको गर्दै स्पष्ट अंक जोड्नका लागि प्रयास गरेपनि सफल हुन भने सकेनन् ।

यससँगै दुवै टोलीले शहीद स्मारक ए डिभिजन लिग तालिकामा समान १–१ अंक जोड्न सफल भएका छन् । सातदोबाटोले ११ खेलमा १८ अंक जोडेको छ भने समान खेल खेलेको हिमालयनको १० अंक भएको छ ।

लिगमा सोमवारबाट १२ औं चरणका खेल हुनेछन् । १२ औं चरणको खेल अन्तगर्त सोमवार विभागीय टोली एपिएफ क्लव र खुमलटार युथ क्लवबीच एन्फा मुख्यालयमा खेल हुनेछ ।