७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

वृत्य र वासिमको शतकमा सिंगापुरलाई ४ सय ७२ रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौं । एसिसी प्रिमियर कपमा युएईका कप्तान मोहम्मद वासिम र वृत्य अरविन्दको विष्फोटक शतकमा सिंगापुरलाई ४ सय ७२ रनको विशाला लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ४ सय ७१ रन बनाउदै अल आउट भयो ।

युएईका वृत्य अरविन्दले १ सय ३३ बलमा १७ चौका र ७ छक्कासहित १ सय ७४ रनको सानदार शतकीय इनिङ खेले । उनी ४८ औं ओभरको तेस्रो बलमा रमेश कलिमुथुको बलमा आउट हुन पुगे । यसअघि कुवेतविरुद्धको खेलमा पनि वृत्यले १ सय ८५ रनको इनिङ खेलेका थिए ।

यस्तै, युएईकाकप्तान मोहम्मद वासिम ८२ बलमा ९ चौका र १६ छक्कासहित १ सय ६० रन बनाए। वासिमले ३४ बलमा अर्धशतक पूरा गरेका थिए भने ६२ बलमा शतक पूरा गरेका थिए । दोस्रो विकेटका लागि वृत्य र वासिमले २ सय ४६ रनको साझेदारी गरेका थिए ।

युएईका युवा ओपनर आर्यन लाक्रा ७ बलमा १२ रनमा आउट भए । रमिज शाहजाद शून्यमा आउट हुँदा आसिफ खान ११ र रोहन मुस्तफा ३ रन बनाएर आउट भए ।

सिंगापुरका आदित्य भर्गवले ८ ओभरमा ८५ रन खर्चेर ४ विकेट लिए भने रमेशले कलिमुथुले ८ ओभरमा ७३ रन खर्चेर ३ विकेट लिए । विनोथ भास्करनले १० ओभरमा ६१ रन खर्चेर २ विकेट लिँदा मनप्रीत सिंहले १ विकेट लिए ।