२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईदले आपसी सहिष्णुता र सहकार्य थप सुदृढ बनाएको छ: पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ईद (ईद उल फित्र)पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउन मद्दत पुर्‍याएको बताउनुभएको छ ।

ईद पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईदको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।

“ईद उल फित्र पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउन मद्दत पुर्‍याएको छ । सामाजिक र सांस्कृतिक विविधतामा जनताबीच कायम हुने एकता नै नेपालको राष्ट्रिय सामथ्र्य हो । यसै एकताको भावनाले नै आपसी सहिष्णुता र सहयोग प्रवद्र्धन गर्दै नेपाललाई प्रगतिको बाटोमा अगाडि बढाउन सकिन्छ”, उहाँद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

उहाँले यस पर्वले नेपाली जनताबीच राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ गर्न प्रेरणा प्रदान गरोस् भन्ने अपेक्षासमेत व्यक्त गर्नुभएको छ । रासस