१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु



अ+ अ-

धनगढी । कैलालीमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–५ गेटा ट्राफिक पोस्ट नजिकै बा १५ च ४६३७ नम्बरको स्कारपियो दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका वडा नं ११ बेलाका ७० वर्षीय भोजराज भट्टको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

स्कारपियोमा सवार अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं २ का ४२ वर्षीय चालक तेजबहादुर पाल, धनगढी–६ मटयारीका ४२ वर्षीय भरतबहादुर चन्द, सोही ठाउँका ४८ वर्षीय वसन्तबहादुर चन्द, ३६ वर्षीया निलम चन्द र ३६ वर्षकै अनु खाँण चन्द रहेको प्रहरीले जनाएको छ ।

घाइते सबैको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । हरिद्वारबाट आएको उक्त स्कारपियो अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ ।