२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका: पेरुमाथि ब्राजिलको शानदार जित



अ+ अ-

काठमाडौं । कोपा अमेरिकाको शुक्रबार समूह बी को खेलमा ब्राजिलले पेरुलाई ४–० को फाराकिलो अन्तरले पराजित गरेकाे छ । ब्राजिलको यो प्रतियोगितामा लगातार दोस्रो जित हो । टिम ६ अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ । ब्राजिलले दोस्रो हाफमा लगातार तीन गोल गरेको थियो । 

ब्राजिलका लागि पहिलो गोल खेलको १२ औं मिनेटमा एलेक्स सान्ड्रोले गरेका थिए । नेयमारले ६८ औं मिनेटमा दोस्रो गोल थपे । तेस्रो गोल भने एरभटन रिबेरोको नाममा रह्यो र उनले खेल सकिन एक मिनेट अगाडि गोल गरे ।

इन्ज्युरी समयको तेस्रो मिनेटमा रिचार्लिसनले चौथो गोल पनि गरे । यसअघि यसै समूहको अर्को खेलमा कोलम्बियाले भेनेजुएलासँग गोलरहित बराबरी खेलेको थियो । कुल पाँच टिम सम्मिलित समूहमा कोलम्बिया चार अंकसहित दोस्रो स्थानमा छ ।