२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजश्वसम्बन्धी सर्भर ३ घण्टासम्म डाउन, चेक समेत साटिएन



अ+ अ-

काठमाडौँ । सरकारी राजश्वसम्बन्धी सर्भर डाउन हुँदा राजस्व सङ्कलन प्रभावित बनेको छ । आज बिहान ११ बजेदेखि १ बजेसम्म सरकारी राजश्वसम्बन्धी सर्भर डाउन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

“यस कार्यालयबाट सञ्चालित प्रणाली आरएम आइए, टिएसए, सिजीएएस, सुत्र, पिएएमएसलगायत प्रणालीमा प्राविधिक समस्या देखिएकाले आज बिहान ११ बजेदेखि १ बजेसम्म प्रणाली सञ्चालन हन नसकेकाले यसबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गदछाँै”, कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।

दिउँसो १ बजेपछि सर्भर सञ्चालनमा आए पनि पूर्णरुपमा भने सञ्चालनमा आउन नसकेको महालेखा नियन्त्रकको कार्यालयका सूचना अधिकारी गायत्रीरमण खनालले जानकारी दिनुभयो । “दिउँसो ३ घण्टा सर्भर पूर्णरुपमा डाउन भएको थियो, १ बजेपछि सञ्चालनमा आउँदा एकैपटक धेरैले सर्भर चलाउन स्लो भएको छ’, उहाँले भन्नुभयो ।

उहाँका अनुसार सरकारी सर्भरमा समस्या देखिएपछि आज अनलाईनमार्फत हुने राजस्व सङ्कलन ठप्प भएको छ । राजस्व सङ्कलनसँगै काटिएका चेकसमेत नसाटिएको उहाँले बताउनुभयो ।




भर्खरै