२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुलिसमाथि थ्री स्टारको साँघुरो जित



अ+ अ-

काठमाडौैँ । सातौं चरणको खेलबाट विदेशी खेलाडी समावेश गरेको विभागीय टोली नेपाल पुलिस क्लबमाथि ललितपुरे टोली थ्री स्टार क्लबले राजधनीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा १–० को रोमाञ्चक जित निकालेको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा बिहीवार सम्पन्न खेलमा थ्री स्टारले फरवार्ड मार्टिन कायोडे अजाइले दोस्रो हाफमा गरेको गोल निर्णायक भएको थियो । यसअघि पहिलो हाफमा दुवै टोलीले राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न असफल भएका थिए । आठौं चरणको खेलमा थ्री स्टारले पुलिसबिरुद्ध सुखद् नतिजा निकाल्दा अजाइले ६४ औं मिनेटमा गरेको गोल निर्णायक बनेको हो । अजाईले कप्तान आशोक खवासको पासलाई सदुपयोग गर्न सफल भएका थिए । खवासले पेनाल्टी क्षेत्रमा उपलब्ध गराएको पासलाई अजाई पहिलो प्रयासमा जाली चुमाउन सफल भएका हुन् ।

यसअघि खेलको ३७ औं मिनेटमा थ्री स्टारका लाकेन लिम्बूको हेडर प्रयासलाई पुलिसका गोलकिपर शत्रुधन चौधरीले उत्कृष्ट बचाउ गरेका थिए । यस्तै ७४ औं मिनेटमा मोसिसको प्रहारलाई थ्री स्टारका गोलकिपर मोहम्मद ताहाले बचाउँदा पुलिसले बराबरी गर्ने अवसर गुमाएको थियो ।

यससँगै थ्री स्टारले आठ खेलमा चार जित, दुई बराबरी र दुई हारको नतिजासहित १४ अंक जोडेको छ । पराजय व्यहोरेको पुलिसको समान खेलमा एक जित, एक बराबरी र ६ हारको नतिजासहित चार अंक छ । लिगमा शुक्रवार विश्राम छ भने शनिवारबाट नवौं चरणका खेल खेल हुनेछन् ।