२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकटाले एनआरटीलाई हराउँदा हिमालयन शेर्पाको एपिएफमाथि सानदार जित



अ+ अ-

काठमाडौँ । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बुधवार संकटा क्लवले न्युरोड टिम (एनआरटी) बिरुद्ध २–१ को जित निकाल्दा अर्को खेलमा हिमालयन शेर्पाले विभागीय टोली एपिएफलाई ५–३ ले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटालाई जित दिलाउन जुनियर एनकेन्गुइ र मनिष डांगीले एक–एक गोल गर्दा एनआरटीका सर्जी सङ्ले गोल गरे । खेलको २२ औँ मिनेटमा एनकेन्गुई गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । ३७ औँ मिनेटमा मनिषले संकटाको अग्रता दोब्बर पारे । यस्तै एनआरटीका सङले ६२ औँ मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरेपनि त्यसपछि गोल नहुँदा संकटाले तीन अंक जोड्न सफल भयो ।

जितसँगै आठ खेलबाट १२ अंक जोडेको संकटा तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । समान खेलबाट ६ अंक जोडेको एनआरटी तालिकाको १२ औँ स्थानमा छ ।

लिगअन्तर्गत बुधवार नै भएको अर्को खेलमा हिमालयन शेर्पाले एपीएफ क्लवबिरुद्ध ५–३ को रोमाञ्चक जित निकालेको छ । च्यासल रगंशालामा बुधवार भएको खेलमा हिमालयन शेर्पाका लागि सत्यम शर्माले दुई गोल गर्दा सुदीप श्रेष्ठ, अबायाओमी फमान्ले र विश्वास श्रेष्ठले समान एक गोल गरे । एपिएफका अमान्र्ड बेडोउम, सनिश श्रेष्ठ र प्रदीप लामाले एक गोल फर्काए । प्रतिष्पर्धात्मक बनेको खेलमा सुदीप श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए । सत्यम शर्माले २४ औँ मिनेटमा गोल गर्दै शेर्पाको अग्रता दोब्बर पारे ।

त्यसको पाँच मिनेटपछि सत्यमले नै हिमालयन शेर्पाको अग्रतलाई ३–० मा पुर्याएको खेलको इन्जुरी समयमा एपिएफका अर्माण्ड बेडोउमले एक गोल फर्काउँदै अन्तर घटाए । ४७ औँ मिनेटमा सनिश श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पाको अग्रतालाई ३–२ मा झारेपछि लयमा फर्किएको एपिएफका लागि प्रदीप लामाले ६३ औं मिनेट बराबरी गोल गरे । तर, ७५औं मिनेटमा अबायाओमी फमान्लेले गोल गर्दै हिमालयन शेर्पालाई पुनः अग्रता दिलाए र ८९ औं मिनेटमा विश्वास श्रेष्ठले गोल गरेपछि हिमालयन शेर्पाको ५–३ को जित निश्चित गरे । जितसँगै लिगमा हिमालनय शेर्पाले आठ खेलबाट ९ अंक जोडेको । समान खेल खेलेको एपिएफको ११ अंक छ ।

लिगमा बिहीवार दुई खेल हुनेछन् । पहिलो खेल एन्फा कम्पलेक्समा नेपाल पुलिस क्लव र थ्री स्टार क्लव तथा दशरथ रंगशालामा चर्च ब्वाईज युनाईटेड र फ्रेण्ड्स क्लवबीच खेल हुनेछ ।