२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज कारागारको जीर्णोदारको काम तत्काल सुरु गरियोस् – प्रदिप यादव



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदिप यादवले जीर्ण अवस्थामा रहेको वीरगञ्ज कारागारको जीर्णोदारको काम तत्काल सुरु गर्न सरकारसँग माग गर्नु भएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले शौचालयको अभाव रहेको, कैदीबन्दीहरुले कोचाकोच गरेर बस्नुपर्ने अवस्था रहेको र सुरक्षाकर्मीहरु तैनाथ हुने सुरक्षा पोष्ट समेत जीर्ण अवस्थामा रहेकाले सो कारागारको स्थलगत अवलोकन गरी सरकारले तत्काल जीर्णाेदार गर्नुपर्ने स्पष्ट पार्नु भयो । सांसद यादवले भन्नु भयो, ‘पर्सा जिल्लाको वीरगञ्ज कारागारको अवस्था अहिले जीर्ण बनेको छ । र, कारागार अहिले यातना गृह बनेको छ ।

कारगार सुधार्ने ठाउँ हो कि बिगार्ने ठाउँ हो ? वीरगंज कारागारमा क्षमता भन्दा बढि कैदीबन्दी रहेका छन । र, यसरी कोचाकोच गरेर कैदीबन्दी राख्नु अपराध हो कि होइन ? सभामुख महोदय । शौचालयको समस्या उस्तै खराव छ । ९० वर्ष पुरानो यो कारगार अहिले जीर्ण छ । र, कारगारको सुरक्षामा तैनाथ प्रहरीहरुको सुरक्षा पोष्ट एकदमै जीर्ण भएको छ । कुनै बेला पनि दुर्घटना हुन सक्छ । यसकारण नेपाल सरकारलाई म अनुरोध गर्न चाहन्छु–वीरगंज कारागारमा स्थलगत अवलोकन गरेर त्यसको निर्माणको काम सुरु गरियोस् ।’

वीरगंज कारागार ९० वर्ष पुरानो कारागार हो । यसको जीर्णोदार तत्काल नगरे गम्भिर दुर्घटनामा हुने पनितर्फ पनि सांसद यादवले सरकारलाई सचेत गराउनु भयो ।