२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुवन केसीलाई औल्याउदै दीपकराज गिरीले भने– यो अध्यक्ष आएपछि जताततै लफडै लफडा छ



फाईल फोटो
अ+ अ-

काठमाडौं । निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्र विकास बोर्डले वर्षभरि प्रदर्शित चलचित्रहरूको आम्दानी सार्वजनिक गरेकोमा आपत्ति जनाएका छन् ।  गिरीले फेसबुकमा स्टाटस लेख्दै बोर्डको सो कार्यप्रति विरोध जनाएका हुन् ।

विकास बोर्डले बक्स अफिसको तथ्यांकलाई आधार मान्दै मंगलबार २०७९ सालमा प्रदर्शित सबै चलचित्रहरूको ग्रस आम्दानीको सूची सार्वजनिक गरेको थियो । यसरी चलचित्र निर्माताहरूको व्यक्तिगत आम्दानी मिडियामा वितरण गर्ने अधिकार बोर्डसँग नभएको उनको तर्क छ ।

निर्माता गिरीले आफ्नो चलचित्र छक्कापञ्जा ४ ले व्यापार गरेको भनेको रकम पनि गलत भएको दाबी गरेका छन् । चलचित्र विकास बोर्डमा भुवन केसी आएदेखि यस क्षेत्रमा भाँडभैलो भइरहेको उनले आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छन् ।

उनले लेखेका छन्,’चलचित्र बिकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको छ । यो अध्यक्ष आए पछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा..’