११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्रा

नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्रा
अ अ+ अ-

त्रिशूली । नुवाकोटको ऐतिहासिक ‘भैरवी वर्षबन्धन–२०७९’ को सिन्दूरे जात्राअन्तर्गत अहिले देवीघाटस्थित जालपादेवी मन्दिरमा जात्रा लागिरहेको छ । आज दिउँसो १ बजे देवीघाटस्थित जालपादेवी मन्दिर पुग्नुभएका हरिमानसिंह डङ्गोलले भोग बलि खाएर आगामी वर्ष राष्ट्रमा के हुन्छ भन्ने विषयमा गोप्य रुपमा भविष्यवाणी गर्नुभयो ।

नुवाकोट दरबार मौला अमालका द्वारे (सरकारका प्रतिनिधि) महेन्द्रकुमार शाहीका अनुसार आज बिहान दोस्रो चरणको भोग खाएपछि बिहान ५ बजे भगवान्सँगको प्रत्यक्ष साक्षत्कारका रुपमा दैवी शक्ति स्वरुपाका धामीले सो भविष्यवाणी गर्नुभएको हो ।

“भोग बलि खाइसकेपछि आगामी वर्ष (विसं २०८० मा) मुलुकमा के हुन्छ भनेर गोप्य रुपमा भविष्यवाणी गर्नुभएको र त्यसलाई गोप्य रुपमा नै राष्ट्राध्यक्ष (राष्ट्रपति) समक्ष पठाइनेछ”, द्वारे शाहीले भन्नुभयो, “धामीले भविष्यवाणी बोलेर गर्ने भएकाले त्यसलाई शब्दमा उतारेर रष्ट्रिपतिसमक्ष पठाउने गरिएको छ । शुभ रहेमा हर्षोल्लास गरिनेछ भने अशुभ सङ्केत देखिएमा राष्ट्रप्रमुखका तर्फबाट राष्ट्रपतिले क्षमापूजा गर्न लगाउनुहुनेछ ।”

चैतशुक्ल पूर्णिमाका दिन शुभसाइत बनाई गुभाजुमार्फत विशेष अनुष्ठान र तान्त्रिक विधिबाट भगवान्मा चढाइएको धामीलाई जीवित भगवान् (भैरवी देवीको प्रतीक) का रुपमा लिने गरिन्छ । बिहीबार साँझ भैरवीदेवी मन्दिरबाट देवीघाटस्थित जालपादेवी मन्दिरतर्फ प्रस्थान गरेका धामी–धमिनीसहितको लवालस्कर नुवाकोटबाट बट्टारबजार, पुरानोपाटी, इनारपाटी, बाणाचौतारो, तल्लो पीपलटार हुँदै देवीघाट पुगेको हो ।

परम्परादेखि नै भैरवीदेवीको रथयात्रा गराउँदै आएका लच्याङ्गी गुठियारहरुले बिहीबार साँझ भैरवीदेवीको रथयात्रा भैरवीदेवी मन्दिरबाट देवीघाटस्थित जालपादेवी मन्दिर परिसर पुर्‍याएका थिए । अहिले देवीघाटमा रहेका धामीधमिनीसहितको भैरवीको रथयात्रा शनिबार अपराह्न नुवाकोट मण्डलातर्फ पुर्‍याइनेछ ।

धार्मिक विधिअनुसार गुठीको जग्गामै बनाइएको पदमार्गमा धामीले यात्रा गर्ने गरिए पनि उहाँको ढल्कँदै गएको उमेर ९हाल ८५ वर्ष० र स्वास्थ्य अवस्थालाई दृष्टिगत गर्दै केही स्थानमा सवारीसाधनमार्फत यात्रा गराइएको छ । जात्रालुहरुले धामीले जालपादेवी मन्दिर पुग्नुअघि एक किमी अगावै पृथ्वी स्मारक उद्यान नजिकै त्रिशूली नदीमा स्थान गरेसँगै उहाँ हिँड्ने बाटोमा शुद्ध र सफा सेतो कपडा ओछ्याएर जालपादेवी र भैरवीदेवी माताको जय–जयकार गर्दै जालपादेवी मन्दिरसम्म पुर्‍याएका थिए ।

जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुसहित राजनीतिक दलका प्रतिनिधि, सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा जबरजङ्गगण देवीघाटका नेपाली सैनिकहरुले निशान झण्डा र भैरवी सलामीको बढाई दिँदै लावालस्करसहित भैरवीदेवी मन्दिर परिसरमा पुगेपछि द्वारेबाट सिन्दूर हालेसँगै यो वर्षको सिन्दूरे जात्रा समापन हुनेछ ।

गत फागुपूर्णिमाको दिनदेखि सुरु भएको यो वर्षको भैरवी वर्ष बन्धनअन्तर्गत यही चैत २२ गते साँझ बूढीदेवता स्थान परिसर र भैरवीदेवी मन्दिर परिसरमा लिङ्गो ठडाएसँगै यहाँको वातावरण उल्लासमय भएको थियो । यो उल्लास चैत २५ गते सिन्दूर खेल्ने समयसम्म कायम रहन्छ । भैरवी वर्षबन्धन–२०७९ को धार्मिक विधि भने आगामी वैशाख ३ गतेसम्म कायम रहने द्वारे शाहीले जानकारी दिनुभयो । “सरकारी जात्राका रुपमा रहेको सिन्दूरे जात्रा कहिलेदेखि सुरु भएको भन्ने यकिन मिति पाइन्नँ”, उहाँले भन्नुभयो, “विसं १८०१ मा नुवाकोटमाथि पृथ्वीनारायण शाहले विजय गरेपश्चात् भैरवीदेवी मन्दिर परिसरमा साततले दरबार निर्माण गरेर जात्रालाई विशेष रुपमा मनाउने व्यवस्था मिलाइएको देखिन्छ ।”

सिन्दूरे जात्राको विशेष रौनक लिङ्गो उठाउने, भैरवीदेवी मन्दिरको रथयात्रा, जीवित भगवान्का रुपमा रहेका धामीको जालपादेवी मन्दिर प्रस्थान, जालपादेवी मन्दिरमा भोग बलि, राष्ट्रमा के हुन्छ भनेर उहाँले गर्ने भविष्यवाणी, जालपादेवी मन्दिरबाट फर्केपछि जिल्लाभरका सरोकारवाला व्यक्तिहरुको उपस्थितिमा खेलिने सिन्दूर मुख्य अकर्षण र महत्वका रुपमा रहन्छ । रासस