२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

थ्री नेसन्स कपको उपाधि नेपाललाई



अ+ अ-

काठमाडौं । पछि परेको अवस्थालाई उल्टाउँदै शुक्रवार लाओस बिरुद्ध २–१ को जित निकालेपछि नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको फाइनल खेलमा पहिलो हाफमा बराबरी खेल्दा दोस्रो हाफमा भने पुनरागमन गर्न सफल भएको हो । पछि परेको नेपालका लागि आयुष घलान र मनिष डाँगीले गोल गर्दै नेपाललाई उपाधि दिलाउन सफल भएका हुन् । प्रतिष्पर्धात्मक बनेको खेलमा पाहुना टोली लाओसले शुरुवात भने आक्रामक गरेको थियो । सो क्रममा १७ औं मिनेटमा फौटाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए ।

बाउनफाचन बाउनकोङले डिबक्स बाहिरबाट मिलाइिदएको पासलाई सदुपयोग गर्दै साङभिलेले नेपालका गोलकिपर किरण चेम्जोङलाई बिट गर्दै उत्कृष्ट फिनिसिङ गरेका थिए । त्यसपछि दबाबमा परेको घरेलु टोलीले केही राम्रा बनाएपनि सदुपयोग गर्न असफल भएको थियो । २४ औं मिनेटमा आयुष घलानले नेपाललाई बराबरीमा ल्याए । एरिक बिष्टले उपलब्ध गराएको पासलाई आयुषले पेनाल्टी क्षेत्रबाट अगाडि बढाउँदै जाली चुमाउन सफल भएका थिए । ९ हजार दर्शक भन्दा उपस्थिति रहेको खेलमा साथ पाएको नेपाली टोलीले त्यसपछि पनि केही मौका बुनेको थियो । तर अग्रपंक्तिले सदुपयोग गर्न असफल भयो । २२ औं मिनेटमा नविन लामाको फ्रिकिकमा सनिश श्रेष्ठको प्रहार लाओसका गोलरक्षक सेसाभाथले बचाएका थिए ।

दोस्रो हाफमा भने नेपालले लाओसलाई दबाब दिएर खेल्न सफल भयो । ५६ औं मिनेटमा मनिष डाँगीको क्रसमा नेपालका आयुष र दीपक सिंह ठकुरीबीच तालमेल अभावमा अवसर खेर जान पुग्यो । ५८ औं मिनेटमा नेपालका नविन लामाको कर्नरमा अनन्त तामाङको हेडरले गोलको दिशा लिन सकेन । खेलको ६१ औं मिनेटमा नेपालका आयुष घलान गोल गर्न चुके । नवीनको पासमा खाली पोस्टमा अनमार्क रहेका आयुषको हेडर प्रयास पोस्टमाथिबाट बाहिरिएको थियो ।

त्यसको सात मिनेटमा निशान खड्काको फ्रिकिक पोस्ट बारमा लाग्दै फर्किएको थियो । ७४ औं मिनेटमा नेपालका नवीन लामाको पासमा अञ्जन बिष्टको कडा प्रहार रिबाउन्डमा मनिष डाँगीले गोल गरे पनि रेफ्रिले अफसाइडको इसारा गरे । खेलको ८७ औं मिनेटमा मनिषले अञ्जन बिष्टले उपलब्ध गराएको पासमा उत्कृष्ट गोल गरे । बाँकी सयम पनि थप गोलका लागि प्रयास भएपनि हुन सकेन र नेपालले घरेलु भूमिमा उपाधि उचाल्न सफल भयो ।

यस जितसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ भने लाओसले ३ हजार डलर प्राप्त गरेको छ । फाइनलमा खेलमा मनिष डाँगी म्यान अफ दि म्याच चुनिँदै नगद २ सय ५० डलर प्राप्त गरे । यस्तै प्रतियोगितामा आयुष घलान सर्वोत्कृष्ट खेलाडी हुँदै नगद ५ सय डलर हात पारे । प्रतियोगितामा तीन टोलीको सहभागित रहेको थियो । भुटान समूह चरणबाटै बाहिरिँदा नेपाल र लाओसले उपाधिका लागि प्रतिष्पर्धा गरेका हुन् ।

तस्बिरः प्रदीपराज वन्त / रासस