१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आवश्यकताले नभई दयाका आधारमा बजेट विनियोजन भएको छ–मन्त्री गहतराज



अ+ अ-

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले मन्त्रालयको कार्य जिम्मेवारी, खेलकुदको विकास र विस्तार तथा जनसङ्ख्याका तुलनामा मन्त्रालयका लागि विनियोजित बजेट अत्यन्त न्यून भएको भनी गुनासो गर्नुभयो ।

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा उहाँले खेलकुदलाई अनउत्पादक क्षेत्र भन्ने राज्यको बुझाई रहेको विषय बजेट विनियोजनबाटै छर्लङ रहेकोे आफूले अनुभव गरेको बताउनुभयो । मन्त्री गहतराजले भन्नुभयो, “राष्ट्रिय बजेटको १।१६ प्रतिशत मन्त्रालय र मातहतका निकायका लागि विनियोजन भएको छ, यो बजेट आवश्यकताले नभई दया गरेर विनियोजन भएजस्तो भान हुन्छ, मुलुकको जनसङ्ख्याको ४० प्रतिशत हिस्सा ओगट्ने युवाका लागि सम्पूर्ण कार्यक्रम यसबाट सञ्चालन गर्नुपर्ने बाध्यता छ ।”

 विनियोजित बजेटबाट खेलाडीको मनोबल उच्च राख्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बनाउन निकै चुनौती रहेको उल्लेख गर्दै उहाँले युवालाई सशक्तीकरणका लागि आधार तयार गर्न यो बजेटले धान्छ कि धान्दैन भनी आश्चर्य प्रकट गर्नुभयो । 

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले राष्ट्रिय खेलकुद विकास नियमावलीमा सरोकारवालाको रायसुझाव समावेश गरी मस्यौदालाई अन्तिमरुप दिने कार्य गरिरहेको जानकारी दिनुभयो ।

 मन्त्रालय र मातहतका निकायबाट भइरहेका कार्यप्रगतिको विवरण प्रस्तुत गर्दै उहाँले राष्ट्रिय प्रतियोगितामा समावेश हुने ३७ खेल विधाका लागि मुलुकभरबाट २१ हजार खेलाडीका लागि आधारभूत खेलकुद प्रशिक्षण प्रदान भइरहेको छ भन्नुभयो । एशियन तथा ओलम्पिक खेलकुदमा समावेश हुने २६  खेलका ७५० खेलाडीको लागि नियमित प्रशिक्षण चलिरहेको पनि सो अवसरमा जानकारी दिइयो । 

यसअघि बैठकमा सदस्यले प्राप्त बजेटकै पुँजीगत खर्च अन्त्यन्त न्यून रहेको चिन्ताको विषय भएको तथा खेल क्षेत्रलाई राष्ट्रको प्राथमिकतामा राखेर  गुणात्मक नतिजा हासिल गर्नेतर्फ मन्त्रालयको जोडबल आवश्यक रहेको सुझाव दिनुभयो ।