४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

मोदी थरको मानहानी मुद्दामा राहुल गान्धी दोषी ठहर

सूरत अदालतले फैसला सुनायो दुई वर्षको जेल सजाय

मोदी थरको मानहानी मुद्दामा राहुल गान्धी दोषी ठहर
अ+ अ-

अहमदाबाद/सूरत । सुरतको अदालतले मोदी थरको मानहानी मुद्दामा राहुल गान्धीलाई दोषी ठहर गरेको छ।

२०१९ को लोकसभा चुनाव प्रचारका क्रममा राहुल गान्धीले मोदी थरको बारेमा टिप्पणी गर्दै मोदी सबै चोरहरूको नाम हो भनेको थियो । सुरतको सीजेएम अदालतले बिहान ११ बजे फैसला सुनाउँदै राहुल गान्धीलाई दोषी ठहर गर्दै दुई वर्षको जेल सजायको फैसला गरेको हो।

सुरतको सीजेएम अदालतमा पुगेपछि अदालतले राहुल गान्धीलाई दोषी घोषित गरेको थियो। यसपछि अदालतले राहुल गान्धीलाई ‘तपाईं के भन्न चाहनुहुन्छ’ भनेर सोधेको थियो । राहुल गान्धीले भने, “म सधैँ भ्रष्टाचारको विरूद्ध बोल्छु। मैले जानाजानी कसैको विरुद्धमा बोलेको छैन । यसबाट कसैलाई नोक्सान भएको छैन।”

यसअघि राहुल गान्धी सुरत पुग्दा एयरपोर्ट बाहिर पोस्टर लगाएर स्वागत गरिएको थियो । उनी सुरत एयरपोर्टमा कडा सुरक्षाका बीच बाहिर आए र आठौँ अदालतमा गए।

राहुल गान्धीको स्वागतका लागि कांग्रेसले सुरतमा ठूलो तयारी गरेको छ । राहुल गान्धी एयरपोर्टबाट बाहिर निस्कँदा शेर–ए–हिन्दुस्तानको पोस्टर लगाएर स्वागत गरिएको थियो ।

केही पोस्टरमा ‘कांग्रेस झुक्ने छैन’ भन्ने लेखिएको थियो । कांग्रेस कार्यकर्ताले राहुल गान्धीलाई अदालत पुग्ने रात तीन ठाउँमा स्वागत गरेका थिए ।

ठूलो संख्यामा कांग्रेस कार्यकर्ताहरू एसके नगर पोइन्ट, एसभीएनआईटी कलेज, सुरतको पूजा–अभिषेक अपार्टमेन्टमा पुगे र राहुल गान्धीलाई स्वागत गरे। मुद्दा अदालतमा पुगेपछि राहुल गान्धी मानहानीको मुद्दामा जुलाई २०२० मा हाजिर भएका थिए ।

के भएको थियो ?

२०१९ को लोकसभा चुनावको प्रचारका क्रममा राहुल गान्धीले कर्नाटकको कोलारमा भनेका थिए, “सबै चोरको थर मोदी कसरी हुन्छ ।”

राहुल गान्धीको यो बयानपछि सुरत पश्चिमका भाजपा विधायक पूर्णेश मोदीले मानहानीको मुद्दा दायर गरेका थिए । उनले राहुल गान्धीले मोदी समुदायको अपमान गरेको बताएका थिए ।

त्यसपछि यो मुद्दा सुरतको अदालतमा पुग्यो। राहुल गान्धीले सन् २०२० जुलाई ९ मा सुरत अदालतमा हाजिर हुनुपर्ने थियो। गत महिना पूर्णेश मोदी मुद्दामा प्रारम्भिक निर्णयका लागि गुजरात उच्च न्यायालयमा पुगेका थिए।

यसपछि उच्च अदालतले सुरत अदालतबाट छिटो सुनुवाइ गर्न आदेश दिँदै माथिल्लो अदालतमा सुनुवाइका लागि गरेको निवेदन खारेज गरेको थियो । यसपछि सुरतको अदालतमा पछिल्लो एक महिनादेखि यस मुद्दाको सुनुवाइ चलिरहेको थियो । यसमा दुवै पक्षबाट बहस भएको थियो ।

यस क्रममा राहुल गान्धीका वकिलले मोदी कुनै समुदाय नभएको बताएका थिए । उनले राहुल गान्धीका सबै आरोपहरू प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित भएको बताएका थिए ।

वकिलले यस्तो अवस्थामा उनीहरूले मानहानीको मुद्दा दायर गर्नुपर्ने जिकिर गरेका थिए । यसपछि सुरत अदालतमा मुख्य न्यायिक मजिस्ट्रेट एचएच वर्माले फैसला सुनाउन मार्च २३ मा मिति तोकेका थिए । त्यसपछि कांग्रेसले सूरत मार्चको घोषणा गरेको थियो ।