२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री थ्री नेसन्स कपको विजेताले ५ हजार डलर पाउने



अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता यसै सातादेखि राजधानीमा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यही चैत ८ देखि १७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न तीन राष्ट्रको सहभागिता रहने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा आयोजक नेपालसहित भुटान र लाओसको सहभागिता रहनेछ ।

उक्त प्रतियोगिताको लागि भुटान र लाओसका खेलाडी नेपाल आइसकेका छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा हुने उक्त खेलमा उत्कृष्ट दुई टोलीले यही चैत १७ गते फाइनल खेल्नेछन् । उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछन् , भने दोस्रो हुने टोलीले तीन हजार अमेरिकी डलर पाउनेछन् ।

त्यसैगरी हरेक खेलमा म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई २५० अमेरिकी डलर प्रदान गरिने एन्फाले जनाएको छ । त्यस्तै प्रतियोगितामा उत्कृष्ट घोषित हुने खेलाडीलाई पाँच सय अमेरिकी डलर प्रदान गरिने छ । उक्त प्रतियोगितको पुरस्कार राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रदान गर्ने आयोजक एन्फाले जनाएको छ ।

त्यस्तै उक्त प्रतियोगिताको खेल र्हेर्नका लागि एन्फाले साधारण प्याराफिटतर्फ रु पाँच सय र भिआईपीतर्फ रु एक हजार मूल्य तोकिएको छ । खेलको टिकट खल्ती एपबाट वा दशरथ रङ्गशालाकामा रहेको खल्तीका स्टलबाट किन्न सकिनेछ । उक्त प्रतियोगिताको लागि रु एक करोड ७५ लाख ६६ हजार चार सय ८० खर्च लाग्ने आयोजकले जनाएको छ ।