६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

थ्री नेसन्स कप खेल्न भुटानी फुटबल टोली नेपाल आइपुग्यो



अ+ अ-

काठमाडौँ । भुटानको राष्ट्रिय फुटबल टोली नेपाल आईपुगेको छ । प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता खेल्न भुटानी टोली सोमबार बिहान नेपाल आईपुगेका हुन् ।

भुटानी टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाह लगायतले स्वागत गरे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम्म आयोजना हुँदैछ ।

प्रतियोगितामा आयोजक नेपालसहित भुटान र लाओसले प्रतिस्पर्धा गर्ने छन् । लाओसको टोली पनि सोमबार नै नेपाल आउँदैछन् । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

पहिलो खेलमा नेपालले लाओससँग चैत ८ गते खेल्नेछ । यस्तै, चैत ११ गते भुटान र लाओसबीच प्रतिस्पर्धा हुनेछ भने चैत १४ गते नेपाल र भुटान भिड्ने छन् । फाइनल खेल चैत १७ गते हुनेछ । समूह चरणका सम्पूर्ण खेलहरु साँझ ६ बजे सुरु हुनेछ भने फाइनल खेल ५:३० बजे सुरु हुनेछ ।

नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको प्रशिक्षणमा प्रतियोगिता खेल्नेछ । प्रतियोगितामा एन्फाले दुई फरक टिकट दर राखेको छ । सामान्य प्यारापिटतर्फ ५ सय र भीभीआईपीतर्फ १ हजार टिकट दर राखिएको छ ।

यस अघि नेपालले २०७७ सालमा थ्री नेसन्स कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । जसमा घरेलु टोली नेपालले फाइनलमा बंगलादेशलाई पराजित गर्दै उपाधि जितेको थियो ।