२० असार २०८३, शनिबार
,
Latest
सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधानमन्त्री श्रेष्ठद्वारा सडक अनुगमन तथा निर्देशन



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आज भैँसेपाटी आवास क्षेत्र, बालाजु–बाइपास र जोरपाटी–मूलपानी सडकखण्डको अवलोकन गर्नुभएको छ ।

सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले निर्माण व्यवसायीको ढिलासुस्ती र स्थानीय जनताको विरोधका कारण काठमाडौँ उपत्यकास्थित केही सडकखण्डको काम समयमा सम्पन्न हुन नसकेको भन्ने गुनासो आएपछि ती सडकखण्डको स्थलगत अवलोकन गरी सरोकारवाला पक्षलाई यसअघि निर्देशन दिएको स्मरण गर्दै यसबीचमा भएको कार्यसम्पादन प्रगतिका विषयमा जानकारी लिन अवलोकन भ्रमणमा आएको स्पष्ट गर्नुभयो ।

उहाँले नेपाल खानेपानी संस्थान तथा विद्युत् प्राधिकरणको मर्मतसम्भारसम्बन्धी काम, मुद्दा मामिला र स्थानीय जनताको अवरोधका कारण तोकिएको समयमा गुणस्तरीय सडक निर्माण हुन नसकेको भन्ने सन्दर्भमा सम्बन्धित सरकारी निकायसँग छुट्टाछुट्टै छलफल गरीे जनचाहनाबमोजिम यथाशक्य छिटो सडक निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्थानीय जनताले सडक निर्माणसँग सम्बन्धित पक्षसँग समन्वय गरी छिटोभन्दा छिटो सडक निर्माण गरिदिन उपप्रधानमन्त्रीसँग अनुरोध गरेका थिए । स्थलगत अवलोकनमा सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, सङ्घीय सडक सुपरिवेक्षण प्रमुख अर्जुन अर्याल तथा काठमाडौँ र ललितपुर जिल्ला सडक डिभिजन कार्यालयका प्रमुख सहभागी हुनुहन्थ्यो । रासस