६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेस्ट क्रिकेट सुरु भएको आज १४६ वर्ष पुग्यो



अ+ अ-

एजेन्सी । क्रिकेटको सबैभन्दा लामो र चुनौतीपूर्ण ढाँचा, टेस्ट क्रिकेट आज १४६ वर्षमा पुगेको छ । १५ मार्च १८७७ मा, इंग्ल्याण्ड र अष्ट्रेलियाको टोली अन्तर्राष्ट्रिय स्तरमा पहिलो पटक मेलबर्न क्रिकेट स्टेडियममा भिडेका थिए ।

अन्तराष्ट्रिय क्रिकेट पनि त्यतिबेलादेखि सुरु भयो । भारतले सन् १९३२ मा पहिलो पटक टेस्ट खेल खेलेको थियो र आफ्नो पहिलो जित दर्ता गर्न २० वर्ष लाग्यो ।

१८७७ देखि मार्च १५, मार्च २०२३ सम्म, १२ देशहरूले विश्वभर टेस्ट क्रिकेट खेल्न थाले । जसले अहिलेसम्म कुल २४९९ खेल खेलेका छन् । सन् १९७१ मा एकदिवसीय र टी–२० क्रिकेटको ढाँचा पनि २००४ मा आयो । जसले क्रिकेटलाई थप रोचक बनाएको छ । यसैबीच टेस्ट क्रिकेटको १४६ औं वार्षिकोत्सवमा यसका केही रोचक तथ्यहरुबारे चर्चा गरौं ।

टेस्टमा अहिलेसम्म २ हजार ४ सय ९९ खेल खेलिएका छन् जसमध्ये १ हजार ७११ नतिजा आएको छ । २ खेलको नतिजा नआउँदा ७८६ खेल बराबरीमा सकियो । इंग्ल्याण्डले सबैभन्दा धेरै १,०६० खेल खेलेको छ भने अष्ट्रेलियाले सबैभन्दा बढी ४०५ खेल जितेको छ । इंग्ल्याण्डले सर्वाधिक ३१८ खेल हारेको पनि छ ।

दुई दिन पछि, शुक्रबार, मार्च १७ मा, न्यूजिल्याण्ड र श्रीलंका बीच २ टेस्ट शृंखलाको अन्तिम खेल वेलिङ्टनमा खेलिनेछ । जुन टेस्ट क्रिकेटको २५०० औँ खेल हुनेछ । न्युजिल्यान्डले पहिलो टेस्ट अन्तिम बलमा २ विकेटले जितेको थियो ।

टेस्ट क्रिकेट सन् १८७७ मा दुई टोलीबीचको खेलबाट सुरु भएको थियो । यो फर्म्याटको सबैभन्दा ठूलो र लामो प्रतिद्वन्द्वी पनि यी दुई टोलीबीच चलिरहेको छ । अस्ट्रेलिया र इंग्ल्याण्डबीचको यो प्रतिद्वन्द्वीको नाम ‘द एशेज’ सिरिज हो । हरेक डेढ वर्ष दुवै टोली एकअर्काको घरमा गएर ५ टेस्टको सिरिज खेल्छन् ।

३० डिसेम्बर १८८२ मा दुवैमा पहिलो पटक ३ टेस्ट सिरिज खेलिएको थियो । त्यसबेलादेखि हालसम्म जम्मा १४४ शृङ्खलाहरू भएका छन् । यी दुईबीचको एशेजमा कुल ३४० खेल खेलिएका छन् । अस्ट्रेलिया १४० र इंग्ल्याण्ड १०८ खेलमा विजयी भएका छन् । यी दुईबीच ९२ टेस्ट बराबरी पनि भएको छ । अब जुलाईमा फेरि यी दुईबीच इंग्ल्याण्डमा टेष्ट शृंखला हुनेछ, जुन १४५ औं एसेज हुनेछ ।

टी–२० र फ्रेन्चाइज क्रिकेटको आगमनपछि टेस्ट क्रिकेटको अस्तित्वमाथि प्रश्न उठ्न थालेको छ । अहिले १२ देशले यो खेल्छन् तर छनोट भएका देशका टोलीले मात्रै यो ढाँचामा उत्कृष्ट प्रदर्शन गर्न सक्नेछन् । भारत, अष्ट्रेलिया, इंग्ल्याण्ड, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र पाकिस्तान छनोट भएका टोली हुन् ।