२० मंसिर २०८२, शनिबार
,
Latest
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेमा २६ दशमलव ८० अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २६ दशमलव ८० अङ्कले घटेर एक हजार नौ सय ७५ दशमलव ८९ को बिन्दु कायम भएको हो ।

नेप्सेकाअनुसार आज दुई सय ६० कम्पनीको ४७ लाख ७२ हजार एक सय ४० कित्ता शेयर ३६ हजार दुई सय ८० पटक खरिद बिक्री हुँदा रू एक अर्ब ६६ करोड ६९ लाख ३१ हजार पाँच सय बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ३८ दशमलव २० र निर्जीवन बीमा समूहको उपसूचक एक सय १९ दशमलव १२ अङ्कले घटेको छ । बैंकिङ समूह २२ दशमलव ५३, विकास बैंक समूह ५२ दशमलव १३, वित्त समूह २८ दशमलव ७८ र होटल तथा पर्यटन समूह ३१ दशमलव ३३ अङ्कले घटेको छ ।

त्यसैगरी जलविद्युत् समूह ३८ दशमलव ०७, लगानी समूह एक दशमलव पाँच, उत्पादन तथा प्रशोधन समूह १७ दशमलव ८६, लघुवित्त समूह ३० दशमलव ६५, म्युचुअल फन्ड शून्य दशमलव छ, व्यापार समूह २४ दशमलव ८७ र अन्य समूह आठ दशमलव ८१ अङ्कले घटेको छ ।

आज २६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ८६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । सबैभन्दा धेरै शुभम् पावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९८ अङ्कले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा गुडविल फाइनान्स लिमिटेड डिभेन्चर– २०८३ को शेयर मूल्य छ दशमलव ५५ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू आठ करोड २१ लाख ५८ हजार नौ सय ४३ बराबरको एक लाख ८१ हजार दुई सय ३४ कित्ता शेयर कारोबार भएको छ ।रासस