२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले यूएईलाई १७७ रनले हरायो, नेपालको ओडीआई मान्यता कायम



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले सानदार जित निकालेको छ । आइतबार कीर्तिपुरस्थित टियु मैदानमा सम्पन्न खेलमा घरेलु टोली नेपालले यूएईलाई १७७ रनले हराएको हो । २४९ रनको विजयी लक्ष्य पछ्याएको यूएईले २२.५ ओभरमै अलआउट हुँदै ७१ रनमात्र जोड्न सक्यो ।

यूएईका आर्यान अफ्जल खानले ३३ बलमा २९ रन बनाउँदा अश्वान्थ भलथपाले २२ बलमा १४ रन जोडे । यस्तै, कार्तिक मयिप्पनले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालका लागि ललित राजवंशीले पाँच विकेट लिँदा सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र गुल्शन झाले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ४९.२ ओभरमा अलआउट हुँदै २४८ रन जोड्यो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७७ रनको योगदान दिए । ११२ बल खेलेका उनले ९ चौका प्रहार गरे । यस्तै, आरिफ शेखले ५२ बलमा ४३ रन जोड्दा, ३२ बल खेलेका गुल्शन झा ३ छक्का र १ चौकाको मद्दतमा ३७ रन जोडेर आउट भए । यसैगरी दिपेन्द्र सिंह ऐरीले १९ बलमा ३४ रन जोडे भने गरी भीम शार्कीले ३७ बलमा २९ रनको योगदानी दिए ।

यूएईका रोहन मुस्ताफा, जवार फरिद, आर्यान अफ्जल खान र जहुर खानले दुई–दुई विकेट लिँदा आर्यान लाक्रा, जुनैद सिद्दीकीले एक–एक विकेट लिए । यूएईमाथि १ सय ७७ रनको कीर्तिमानी जित हात पार्दै नेपालले आगामी चार वर्षको लागि ओडीआई मान्यता पक्का गरेको छ । यसैबीच यूएईले भने नेपालसँगको हारसँगै सोझै ओडीआई मान्यता बचाउने अवसर गुमाएको छ । यो नतिजासँगै नेपालले लिग २ मा शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता प्राप्त गरेको हो ।

अब नेपालले बाँकी दुवै खेल जितेको खण्डमा सोझै विश्वकप छनोट खेल्न पाउनेछ । त्यस्तै एक खेलमा पराजित भएमा नेपालले प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ । नेपाल ३४ खेलमा १७ मा जित र १५ मा हारसहित ३६ अंकका साथ चौंथो स्थानमा रहेको छ । यूएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा रहेको छ ।