६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रमिला यादवले उपराष्ट्रपति पदको उम्मेदवारी फिर्ता लिने



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) की सांसद एवं उपराष्ट्रपति पदकी उम्मेदवार प्रमिला यादवले आफ्नो उम्मेदवारी फिर्ता लिने हुनुभएको छ । निर्वाचन आयोगले उपराष्ट्रपतिमा जसपाकै रामसहाय यादवको उम्मेदवारी खारेज गर्नु नपर्ने निर्णय गरेपछि अर्की उम्मेदवार यादवले उम्मेदवारी फिर्ता लिने हुनुभएको हो ।

पार्टी प्रवक्ता मनिष सुमनका अनुसार निर्धारित समयमै यादवले उम्मेदवारी फिर्ता लिनु हुनेछ ।

जनता समाजवादी पार्टी (जसपा) का सांसद यादवविरुद्धच नेकपा (एमाले) की उपराष्ट्रपतिकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उपराष्ट्रपतिकी उम्मेदवार ममता झाले उजुरी दिनुभएको थियो ।

आफूविरुद्ध परेको उजुरीको जवाफ दिन नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुग्नुभएको थियो ।

आयोगले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नरहेकाले यादवको उम्मेदवारी कायम राख्ने जनाएको छ ।

राष्ट्रपति खस आर्यतर्फको हुँदा उपराष्ट्रपतिमा यादव फरक समुदायको हुनसक्ने भएपनि खारेज हुनसक्ने भयले जसपाले प्रमिला यादवलाई पनि अघि सारेको थियो ।