२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरु पार्टी फोहरी खेलमा लागे, हामी लाग्दैनौँ– ओली



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीहरु क्षणिक दैनिक फोहोरी खेलमा लागेको बताउनुभएको छ ।

नेकपा एमाले निकट खेलकुद महासंघका नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रममा उहाँले आफूहरु त्यस्तो फोहरी खेलमा सहभागी नहुने बताउनुभयो

उहाँले भन्नुभयो, “हामी अरु पार्टीजस्तो क्षणिक दैनिक फोहारी खेलमा सामेल छैनौँ, सामेल हुँदैनौँ ।” एमाले देश बनाउन लागेको र देश बनाएपछि मात्र विश्राम लिने उहाँको भनाइ थियो । आफूहरु म्याराथन दौडमा रहेको भन्दै एमाले लामो दौडको घोडा भएको उल्लेख गर्नुभयो ।

“सिल्भर तातेजस्तो हामी तात्दैनौँ, यसो ताप पायो तातिहाल्यो, भुईंमा राख्यो एकैछिनमा सेलाइहाल्यो”, अध्यक्ष ओलीले भन्नुभयो, “हामी अर्बौं वर्ष खर्बौं वर्ष तातेपछि सूर्य तातेजस्तै जस्तो तात्नु पर्छ, एमाले त्यस्तै हो ।” छिटो पनि नगरी, हतार पनि नगरी, योजनाबद्ध ढंगले अघि बढ्नु पर्ने उहाँको भनाइ थियो ।