२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरु पार्टी फोहरी खेलमा लागे, हामी लाग्दैनौँ– ओली



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीहरु क्षणिक दैनिक फोहोरी खेलमा लागेको बताउनुभएको छ ।

नेकपा एमाले निकट खेलकुद महासंघका नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रममा उहाँले आफूहरु त्यस्तो फोहरी खेलमा सहभागी नहुने बताउनुभयो

उहाँले भन्नुभयो, “हामी अरु पार्टीजस्तो क्षणिक दैनिक फोहारी खेलमा सामेल छैनौँ, सामेल हुँदैनौँ ।” एमाले देश बनाउन लागेको र देश बनाएपछि मात्र विश्राम लिने उहाँको भनाइ थियो । आफूहरु म्याराथन दौडमा रहेको भन्दै एमाले लामो दौडको घोडा भएको उल्लेख गर्नुभयो ।

“सिल्भर तातेजस्तो हामी तात्दैनौँ, यसो ताप पायो तातिहाल्यो, भुईंमा राख्यो एकैछिनमा सेलाइहाल्यो”, अध्यक्ष ओलीले भन्नुभयो, “हामी अर्बौं वर्ष खर्बौं वर्ष तातेपछि सूर्य तातेजस्तै जस्तो तात्नु पर्छ, एमाले त्यस्तै हो ।” छिटो पनि नगरी, हतार पनि नगरी, योजनाबद्ध ढंगले अघि बढ्नु पर्ने उहाँको भनाइ थियो ।