१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड

राष्ट्रपति पौडेलले गठबन्धनको सहमतिलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम गर्नुहुन्न: नेता रिजाल

राष्ट्रपति पौडेलले गठबन्धनको सहमतिलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम गर्नुहुन्न: नेता रिजाल
अ अ+ अ-

नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले गठबन्धनको सहमति कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम गर्नु नहुने बताउनुभएको छ ।

नेता रिजालले नवनिर्वाचित राष्ट्रपति पौडेलले संविधानभन्दा बाहिर गएर गठबन्धन राजनीतिको साक्षिको रुपमा काम नगर्ने स्पष्ट पार्नुभएको हो । उहाँले राष्ट्रपतिले गठबन्धनको सहमतिलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम नगर्ने पनि स्पष्ट पार्नुभयो ।

शुक्रवार  उहाँले गठबन्धनमा भएका शर्तहरुको जिम्मा राष्ट्रपतिले लिएर सोही अनुसार भुमिका गर्नुपर्छ भन्ने नसोच्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिनुभयो । गठबन्धनका बीचमा भएको शर्तहरु कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रपतिको नभएको उहाँको भनाई छ । नेता रिजालले गठबन्धनका बिचमा भएका सहमति कार्यान्वयन पार्टीले गर्ने र त्यसका लागि नेपाली काँग्रेस इमान्दार हुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हतार हतारमा पुरानो गठबन्धन छोडेर प्रधानमन्त्री बन्नका लागि नयाँ गठबन्धन प्रचण्डजीले बनाउँदाखेरी अब त्यो गठबन्धनको मुल कार्यभारलाई बोक्ने व्यक्ति मात्रै राष्ट्रपति हुनुपर्छ भन्ने भाव रह्यो । त्यस्तो राष्ट्रपति बन्यो भने प्रधानमन्त्रीले संविधानले दिएको भुमिका गर्न सक्दैन भन्ने प्रचण्डजीको मनमा संशय पनि, त्रास पनि पैदा भयो । त्यो संशय र त्रासबाट उहाँले अर्को राजनीतिक गठबन्धन खोजि गर्नुभयो । पुरानो गठबन्धन बाट फिर्ता हुने कोशिस गर्नुभयो । काँग्रेसलाई पनि त्यत्रो क्षतिबाट निस्किन, उम्किनलाई, न्युनिकरण गर्नका लागि नयाँ बाटोको खोजि गर्नुपर्ने हुन्थ्यो ।

‘दुईवटै स्वार्थ मिल्यो । हाम्रो पार्टीको पनि उहाँसँग स्वार्थ मिल्यो । त्यसअर्थमा उहाँलाई हामीले समर्थन गर्‍यौँ । उहाँको समर्थनबाट रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित हुनुभएको छ । तर हामी सबैले बुझ्नुपर्ने कुरा के हो भन्दा रामचन्द्र पौडेलले संविधानभन्दा बाहिर गएर यो गठबन्धनको राजनीतिको साक्षिको रुपमा, यो गठबन्धनको सहमतीलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम गर्नुहुन्न । ६० वर्षभन्दा लामो राजनीति गरेको व्यक्तिले संविधानभन्दा बाहिर गएर जीवनको यो समयमा गर्नुहुन्छ भन्ने मलाई लाग्दैन ।’

‘त्यसो उहाँले गर्नुहुने छैन । तर एउटा कुरा प्रधानमन्त्रीजीलाई मेरो सुझाव छ, प्रधानमन्त्रीले उहाँलाई अब यो गठबन्धनका बीचमा भएका शर्तहरुलाई जिम्मा लिएर उहाँले राष्ट्रपतिको भुमिका गर्नुपर्छ भन्ने सोच्नुभयो भने त्यो भुमिका उहाँले गर्ने होइन । त्यो भुमिका पार्टीले गर्छ । पार्टीको सभापतिले गर्नुहुन्छ । नेपाली काँग्रेस पार्टीले गर्छ । त्यो भुमिकामा नेपाली काँग्रेस इमान्दार भएर बस्नुपर्छ भन्ने लाग्छ मलाई । त्यो भुमिकामा काँग्रेस इमान्दार हुन्छ ।’

उहाँले राष्ट्रपति पौडेल गठबन्धनको परिधि भित्र नबस्ने बताउनु भयो । पौडेल आफ्नो पूर्व पार्टी नेपाली काँग्रेसको परिधिभित्र पनि नबस्ने स्पष्ट पार्नुभयो । संविधानको परिधिभित्र बस्ने र संविधानको भावनाभन्दा बाहिर गएर कुनै भुमिका नखेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘सुयोग्य व्यक्ति राष्ट्रपतिका लागि निर्वाचित हुनुभएको छ । यो संविधानलाई पूर्ण रुपमा आत्मसात गरेको मान्छे । यो संविधानभन्दा बाहिर रत्ति पनि विचार नराख्ने मान्छे समकालिन राजनीतिमा अरु कोही देखेको छैन ।

रामचन्द्र पौडेलजति संविधानकाप्रति प्रतिवद्ध कुनैपनि पार्टीमा अर्को नेता देखेको छैन । रामचन्द्र पौडेलले संविधानको भावनाभन्दा बाहिर गएर राष्ट्रपतिको भुमिका गर्नुहोला भन्ने मलाई लाग्दैन । संविधानले परिकल्पना गरेको राष्ट्रपतिको भुमिका भन्दा बाहिर जानुहुन्न भन्ने विश्वास गर्ने बलियो आधार छ । उहाँको पुरानो पार्टी नेपाली काँग्रेसको परिधिभित्र पनि उहाँ बस्नुहुन्न । अहिलेको गठबन्धनको परिधिभित्र पनि बस्नुहुन्न । उहाँले बस्ने परिधि भनेको नेपालको संविधानले देखाएको परिधि मात्रै हो ।’

नेता रिजालले प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी पुष्ठभुमिका नेताहरुलाई मिलाएर सोही अनुरुपको राजनीतिक धार बोकेमा काँग्रेसले साथ दिन नसक्ने चेतावनी दिनुभयो । उहाँले माओवादी केन्द्रका नेताहरुलाई जोखिम पार्नु नहुनेमा विगतका सात राजनीतिक दल र तत्कालिन माओवादी पार्टीको प्रतिवद्धता रहेको बताउनु भयो । माओवादी केन्द्र वैचारिक रुपमा अन्य माओवादी घटकहरुसँग एक भएको खण्डमा नेपाली काँग्रेसपनि संसदीय फाँटका राजनीतिक दलहरुसँग एकै ठाउँमा उभिने उहाँले बताउनु भयो । उहाँले प्रधानमन्त्री दाहाल काँग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोईरालासँग गरेको हस्ताक्षर र वर्तमान सभापति शेरबहादुर देउवासँग गरेको सहमति अनुरुप हिँडेमा काँग्रेसबाट धोका नहुने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘प्रचण्डजीले जुन बाटो, जुन मुलधार गिरिजाप्रसाद कोईरालासँग, सात राजनीतिक दलसँग निर्माण गर्नुभएको हो, यो संविधानले बोकेको बाटो हो । त्यो बाटोमा रहनुभयो भने काँग्रेसबाट धोका हुन्न । त्यो बाटोमा रहनुभएन, र अहिले पनि शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नका लागि हिजोका माओवादी पृष्ठभुमिका नेताहरु एक ठाउँमा उभिएर, हिजोको माओवादी राजनीतिलाई बोक्नुपर्छ भन्ने बाटोमा जानुभयो भने प्रधानमन्त्रीको त्यो राजनीति दूरदर्शी ठहर्ने छैन । म स्वीकार गर्छु जोखिम छ माओवादीका नेताहरुलाई । त्यो जोखिममा उहाँहरुलाई पार्नुहुँदैन । जोखिममा पार्नुहुँदैन भन्ने साझा हाम्रो समझदारी हो ।

शान्ति प्रक्रियाको समझदारी हो । हिजोका सात दल र माओवादी सबैका प्रतिवद्धता छ । तर माओवादी राजनीतिक पृष्ठभुमिका सबै मिलेर एउटा नयाँ राजनीति शुरु गर्नुपर्छ र त्यही राजनीतिलाई अहिलेको सरकारले बोक्नुपर्छ भन्नुभयो भने उहाँलाई बिस्तारै काँग्रेसले नचाहँदा नचाहँदै पनि काँग्रेसले हिजोको संसदीय फाँटका राजनीतिक दलहरुसँग एकै ठाउँमा सँगै उभिने बाध्यतामा पुर्‍याइदिनु होला । त्यस्तो बाध्यतामा पुर्‍याइदिनुभयो भने उहाँलाई त्यसबेला राष्ट्रपति पनि पराइजस्तो लाग्न थाल्छ ।

त्यसकारण म भन्छु राष्ट्रपतिको कारणले, नेपाली काँग्रेसका कारणले होइनकि प्रधानमन्त्रीजीले नै अहिलेको आफ्नो राजनीतिलाई बालुवाटारको चकाचकबाट होइनकि उहाँले सहमति गरेको राजनीतिबाट, उहाँले निर्माण गरेको मुलधारको राजनीतिबाट, गिरिजाप्रसाद कोईराला सँगसँगै हस्ताक्षर गरेको राजनीतिबाट, अहिले काँग्रेसको सभापतिसँग बनाएको राजनीतिक धारबाट हिँड्नुभयो भने उहाँलाई धोका हुँदैन । मुलुकलाई पनि धोका हुन्न । अस्थिरता पनि हुन्न मुलुकमा । अनि साँचो अर्थमा समृद्धिको यात्रा शुरु हुनसक्छ ।’

नेता रिजालले प्रधानमन्त्री दाहालले ०५२ सालमा शुरु भएको सशस्त्र बिद्रोहलाई जनयुद्ध दिवसको रुपमा बिदा दिएर विस्तृत शान्ति सम्झौता, १२ बुँदे समझदारी र संविधानको भावनाभन्दा बाहिर गएको बताउनु भयो । दाहाल यसप्रकारको बाटोमा जान थाले उहाँलाई नेपाली काँग्रेसले बोक्न नसक्ने चेतावनी दिनुभयो ।