२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपन्न समुदायको अक्षयकोषमा युकेबाट गुरुङको सहयोग



अ+ अ-

लण्डन । अति विपन्न समुदायलाई लक्षित गरि पोखरामा स्थापना गरिएको अक्षयकोषमा बेलायतबाट व्यवसायी सुर्य गुरुङ ले करीब ५ लाख रकम सहयोग गर्नु भएको छ ।

लामो समय देखि बेलायतमा व्यवसाय गर्दै आउनु भएको गुरुङले उक्त आफ्नो गोर्खा प्यालेस रेष्टुरेण्ट स्थापनाको २४औं दिवसका अवसरमा यो पटक अक्षयकोषमा सहयोग गर्नु भएको जानकारी दिनु भयो । हरेक बर्ष कुनै न कुनै क्षेत्रमा सहयोग गर्दै आउनु भएका गुरुङले यस भन्दा पहिला शिक्षा र खेलकुदमा पनि सहयोग गर्दै आईरहनु भएको थियो ।

बेलायतका लागी नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्यको ज्युको प्रमुख आथित्यतामा सम्पन्न एक कार्यक्रम बीच उक्त रकम हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा बोल्दै राजदूत आचार्यले व्यवसायबाट व्यक्तिगत रूपमा सम्पन्न हुंदै गर्दा यसरी आफ्नो समाजका लागी पनि सकेको सहयोग गर्नु निकै गर्वको कुरा रहेको बताउनु भएको कार्यक्रममा सहयोग बारे स्पष्ट पार्दै गुरुङले नेपालमा धेरै क्षेत्रमा मान्छेहरूको सहयोग भएको देखिन्छ ।

तर विपन्न समुदायलाई खेलकुद क्षेत्रमा अगि बढाउन खासै चासो नहुने गरेकोमा यो अक्षयकोष खास गरी ग्रामिण भेगमा बसोबास गर्ने खेलकुदमा चासो राख्ने तर आर्थिकको अभावले पछि परेकाहरूलाई सहयोग गर्ने गरी स्थापना रहेको हुंदा पनि सहयोग गरेको बताउनु भयो।

सन् २०१५ मा गएको महाभुकम्पाका बेला लण्डन स्थित नेपाली दुताबासले चलाईएको सहयोग अभियानमा आर्थिक संयोजक रहनु भएका गुरुङले ६ करोड भन्दा बढी रकम संकलन गर्नु भएको थियो। यसै गरी उहांले पोखरा रंगशाला स्थापनाका लागी ४७ लाख जम्मा गर्नु भएको थियो भने हेल्प नेपाल नेटवर्क मार्फत १ करोड रकम संकलन गर्नु भएको थियो ।

अक्षयकोष संचालक समितिका अध्यक्ष दिल बहादुर गुरुङले यस कोषको रकम १ करोड पुर्याउने लक्ष्य रहेको जानकारी दिनु भयो। कार्यक्रममा रोशमरो शहरका मेयर तथा उच्चपदस्थ व्यक्तित्वहरु उपस्थित रहेको थियो ।

हाल सम्म ७ पटक करि अवार्ड जिति सकेको गोर्खा रेष्टुरेण्टले स्थानिय अस्पताल एवं अन्य पकोपकारी काममा समेत बार्षिक रूपमा आर्थिक सहयोग गर्दै आईरहेको छ । हाल सम्म यसै रेष्टुरेण्ट मार्फत स्थानिय तहमा र नेपालमा गरी करिब १ करोड भन्दा बढी दान गरेको गुरुङले बताउनु भयो ।