१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यव्यवस्था बैठकः एमसीसीलाई कार्यसूचीमा नराख्ने निर्णय सभामुखबाट



अ+ अ-

काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख अग्नि सापकोटाले आजको संसद बैठकको कार्यसूचीमा एमसीसी नराख्ने निर्णय सुनाउनुभएको छ।

आजको संसद बैठकको कार्यसूची तय गर्न सभामुखले बोलाउनुभएको कार्यव्यवस्थाको बैठक बसेको थियो । 

बैठकमा कानुनमन्त्री दिलेन्द्र प्रसाद बडुले एमसीसी टेबल गर्नुपर्नेमा जोड दिएपनि माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले भने एमसीसीका प्रावधान संशोधन बिना पेश गर्न नहुने अडान राख्नुभएको थियो।

बैठकको अन्त्यमा सभामुख सापकोटाले सहमति नजुटेको भन्दै आज एमसीसी कार्यसूचीमा नचढ्ने निर्णय सुनाउनुभएको हो।

आजै बिहान बसेको माओवादी संसदीय दलको बैठकले यथास्थितीमा एमसीसी पास हुन नसक्ने र यदि एमसीसी पास गरिएमा गठबन्धन तोडिने चेतावनी दिँदै सरकारबाटै अलग हुने निष्कर्ष निकालेको थियो। 

त्यसको लगत्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेर बहादुर देउवाबीच बालुवाटारमा आजको संसदमा टेबुल नगर्ने र भोलिको लागि गठबन्धन बैठक बोलाउने सहमति भएको छ।