काठमाडौं । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी र अफिसियलसहित २० जनालाई कोरोना संक्रमण पोजिटिभ देखिएको छ । खेलाडीलाई कोरोना देखिएपछि अखिल नेपाल फुटबल संघ एन्फाले हिजो बिहीबारदेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षण पनि हाललाई स्थगित गरि एक साता पछिलाई सारिएको एन्फाले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत जनाएको थियो ।
प्रशिक्षणअघि गरिएको परीक्षणमा २० जना खेलाडीमा कोरोना संक्रमण देखिएको एन्फा प्रवक्ता किरण राई जानकारी दिएका थिए । कोरोना संक्रमण देखिएकाहरु अहिले आइसोलेसन र होम आइसोलेसनमा छन् ।
साफ च्याम्पियनका लागि मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणमा ५० खेलाडी बोलाएका छन् ।