२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुक बचाउन प्रचण्डलाई प्रधानमन्त्री बनाउन बाध्य थियौ: शंकर पोखरेल



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावअघिको पाँच दलीय गठबन्धनलाई जनताले अस्वीकार गरेपछि मुलुक बचाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहकार्य गर्न आफूहरू बाध्य भएको बताएका छन् ।

२४ औँ यदु स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्।

अहिले प्रचण्ड जसकाविरुद्ध जनयुद्ध गरेर हिँडेको थियो उसैलाई राष्ट्रपति बनाउन हिँडेको महासचिव पोखरेलले बताए । ‘जनादेशले एमालेले नेतृत्व दाबी गर्ने प्रकृतिको छैन भनेका थियौँ। तर, पाँच दलीय गठबन्धन पनि असफल भइसकेपछि त्यसबाट मुलुकलाई जोगाउन आवश्यक छ भनेर नै हामीले माओवादी केन्द्रसँग एकता र सहकार्यको पहल गर्‍यौँ र प्रचण्डलाई प्रधानमन्त्री बनायौँ, उनले भने ।

देशमा आर्थिक संकट बढेको बेला नयाँ सरकार बनेपछि केही आसाको सञ्चार भएको महासचिव पोखरेलले दाबि गरे । अहिले देश र जनताको पक्षमा उभिँदा एमालेमाथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको उनले बताए ।