१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

‘संविधान रक्षाका लागि आठ दलीय गठबन्धन’

‘संविधान रक्षाका लागि आठ दलीय गठबन्धन’
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधान रक्षाका लागि आठ दलीय गठबन्धन भएको बताउनुभएको छ ।

यही फागुन २५ गते हुने निर्वाचनका लागि आठ दलीय गठबन्धनबाट राष्ट्रपतिका साझा उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताउन राष्ट्रपति निर्वाचन अभियान परिचालन तथा संयोजन संयन्त्रद्वारा आज वीरेन्द्रनगरमा कर्णाली प्रदेशसभा सदस्यका लागि आयोजित अभिमुखीकरण कार्यक्रम उपसभापति खड्काले सङ्घीयता र लोकतन्त्रको रक्षा गर्न सबै दल एकजुट हुनुपरेको बताउनुभयो ।

अभिमुखीकरणमा उहाँले पूर्वसभामुखसमेत रहेका नेता पौडेललाई मतदान गर्न आग्रह गर्नुभयो । उहाँले राजनीति वा अन्य कुनै पदका कारणले यो लक्ष्यलाई पाँच वर्षसम्म कसैले फेल गराउन नसक्ने जिकिर गर्नुभयो ।

नेकपा ९माओवादी केन्द्र०का उपमहासचिव शक्तिबहादुर बस्नेतले मुलुकलाई लिकबाट बाहिर जान नदिन सबै दल एक ठाउँमा आउनु परेको बताउनुभयो । “गठबन्धन लोकतन्त्र, संविधान रक्षा र राजनीतिक स्थिरताका लागि एकतावद्ध भएर अगाडि बढेको छ”, उहाँले भन्नुभयो, “गठबन्धन सबै पार्टीले गरेका प्रतिवद्धताको व्यवहारिक अभिव्यक्ति हो ।”

सबै दलको एक्तावद्ध अभियानबाट लिक बाहिर गएको देशलाई बचाएको उहाँले जनाउनुभयो । उपमहासचिव बस्नेतले मुलुकको हित, लोकतन्त्र, संविधान जनताको भावना, परिवर्तनका मूल्य र उपलब्धि बचाउन सबै राजनीतिक दल जुट्न आवश्यक रहेको जोड दिनुभयो । फागुन २५ गते राष्ट्रपतिका साझा उम्मेदवार पौडेललाई बहुमतले विजय गराउन सबै प्रदेशसभा सदस्यलाई उहाँले आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा, माओवादी केन्द्रका कर्णाली प्रदेश सहइन्चार्ज कालीबहादुर मल्ल, कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजङ्ग शाही, माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीलगायतले राष्ट्रपतिका साझा उम्मेदवार पौडेललाई मतदान गरी विजय गराउन अनुरोध गर्नुभएको थियो । अभिमुखीकरणमा आठ दलीय गठबन्धनबाट कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यको सहभागिता थियो । रासस