२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनले ‘ए’ डिभिजन लिगको उद्घाटन गर्ने, विद्यार्थीलाई निशुल्क प्रवेश



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ‘ए’ डिभिजन लिगको उद्घाटन गर्ने भएका छन् ।

शुक्रबारबाट सुरु हुन लागेको ‘ए’ डिभिजन लिगको प्रमुख अतिथीको रुपमा बालेनले प्रतियोगिताको उद्घाटन गर्ने भएका हुन् ।

लिगको मार्केटिङ कम्पनी एमडीएसी स्पोर्टसको अनुसार उद्घाटन सत्रलाई भब्य बनाउन सेलिब्रेटी, राजनीतिकर्मी र विभिन्न क्षेत्रका चर्चित अनुहारलाई अतिथीको रुपमा बोलाईएको छ ।

आज हुने उद्घाटनमा विद्यार्थीलाई प्रवेश निशुल्क गरिएको छ । विद्यार्थीले परिचय पत्र देखाएर नवप्रवेशी खुमलटार र फ्रेन्ड्स क्लबबिचको उद्घाटन खेल निशुल्क हेर्न सक्ने एमडीएसी स्पोर्टले जनाएको छ ।