२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग–टू: यूएईबिरुद्ध नेपालको लज्जास्पद हार



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप लिग–टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा यूएईबिरुद्ध नेपालको लज्जास्पद हार भएको छ ।

जितको लागि २ सय ८ रनको लक्ष्य पछ्याएको नेपाल ३१.५ ओभरमा १३९ रन बनाएर अल आउट भयो ।

नेपालका लागि कुशल मल्लले अर्धसतक बनाए । मल्लले ४६ बलमा ८ चौका र एक छक्काको सहयोगमा अर्धसतक पूरा गरेका थिए । उनी मियाप्पाको बलमा मुस्ताफाको हातबाट क्याच आउट भए ।

यस्तै,  दिपेन्द्र सिङ २२ बलमा ७ रन बनाएर आउट भए भने आसिफ शेख १६ बलमा १७ रन बनाएर क्याच आउट भए ।सन्दीप लामिछानेले २७ रन बनाउदा ओपनर कुशल भुर्तेल ५ रन बनाएर आउट भए । कप्तान रोहित पौडेल, ज्ञानेन्द्र मल्ल र अरीफ शेख शुन्य रनमा आउट भए । सोम्पाल कामि चार रन बनाएर आउट भए ।

यूएईको लागि रोहन मुस्तफाले तीन विकेट लिए । जुनेड सिद्दीकि र कार्तिकले समान दुई दुई विकेट लिए । सबिर अलि र आर्यान लाक्राले एक एक विकेट लिए ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २०७ रन बनायो ।यूएईको लागि असिफ खानले ७२ रनको अर्धसतकिय इनिङ खेले । उनले ५ चौँका र तीन छक्का प्रहार गरे । नेपालका स्पिनर सन्दीप लामिछानेले उनलाई करण केसीको हातबाट क्याच गराएर नेपाललाई महत्वपूर्ण सफलता दिलाएका थिए ।

यस्तै, यूएईका मुस्तफाले २ चौकाको सहयोगमा ७६ बलमा ५२ रन बनाएर अविजित रहे । आर्यान ल्याक्राले २८ तथा रिजवानले २२ रन बनाउँदा आर्विन्द १८ रन बनाए ।

नेपालका लागि बलिङ गरेका सन्दीप लामिछाने र करण केसीले समान ३/३ विकेट लिए । आरीफ शेख, कुशल मल्लले भने समान १/१ विकेट लिए ।