२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशल मल्लको अर्धसतक



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप लिग–टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा यूएईबिरुद्धको खेलमा कुशल मल्लले अर्धसतक बनाएका छन् ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा मल्लले४६ बलमा ८ चौका र एक छक्काको सहयोगमा अर्धसतक पूरा गरेका हुन् ।

जितको लागि २ सय ८ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नेपालले ५ विकेट गुमाईसकेको छ । नेपालका तीन खेलाडि शुन्य रनमा आउट भएका छन् ।

नेपालका ओपनर कुशल भुर्तेल ५ रन बनाएर आउट भए । यस्तै, कप्तान रोहित पौडेल र ज्ञानेन्द्र मल्ल शुन्य शुन्य रनमा आउट भए ।यस्तै आसिफ शेख १६ बलमा १७ रन बनाएर क्याच आउट भए भने अरीफ शेख १० बलमा शुन्य रन बनाएर आउट भए ।

यो समाचार तयार पार्दासम्म १७ ओभरमा नेपालले ५ विकेट गुमाएर ९२ रन बनाएको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २०७ रन बनायो ।यूएईको लागि असिफ खानले ७२ रनको अर्धसतकिय इनिङ खेले । उनले ५ चौँका र तीन छक्का प्रहार गरे । नेपालका स्पिनर सन्दीप लामिछानेले उनलाई करण केसीको हातबाट क्याच गराएर नेपाललाई महत्वपूर्ण सफलता दिलाएका थिए ।

यस्तै, यूएईका मुस्तफाले २ चौकाको सहयोगमा ७६ बलमा ५२ रन बनाएर अविजित रहे । आर्यान ल्याक्राले २८ तथा रिजवानले २२ रन बनाउँदा आर्विन्द १८ रनमा सिमित रहे ।

नेपालका लागि बलिङ गरेका सन्दीप लामिछाने र करण केसीले समान ३/३ विकेट लिए । आरीफ शेख, कुशल मल्लले भने समान १/१ विकेट लिए ।