३ आश्विन २०८१, बिहीबार
,
Latest
एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीय खुसी च्याम्पियन्स लिगः पिएसजीको संघर्षपूर्ण जित इन्टरसँग बराबरीमा रोकियो सिटी ‘जोङ्ग’ गुफा, जसले प्राचीन सभ्यताको झल्को दिन्छ ! पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : सभापति देउवा जनताको अवस्था बदल्न ढृढताका साथ अघि बढौँ : अध्यक्ष दाहाल संविधानमार्फत् सबै नेपाली बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध : पूर्वराष्ट्रपति भण्डारी संविधान संशोधन थप उपलब्धिका लागि हुनुपर्छ : अध्यक्ष दाहाल इमान्दारितापूर्वक संविधान पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिमा रामचन्द्र पौडेलले जित्नेमा द्विमत छैन: प्रवक्ता महत



file
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले राष्ट्रपतिमा रामचन्द्र पौडेलले जित्नेमा द्विमत नरहेको दाबी गर्नुभएको छ ।

बिहीवार ७ दलीय गठबन्धनले काठमाडौंमा आयोजना गरेको सांसद अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले प्रदेशमात्रै रहेका २ दलसहित अहिलेसम्म राष्ट्रपतिका उम्मेदवार पौडेललाई समर्थन गर्ने दलहरुको संख्या ११ पुगिसकेको बताउनु भयो । उहाँले अहिलेको परिस्थितिलाई बुझ्ने उपयुक्त पात्र पौडेल मात्रै भएको भन्दै समर्थन अझै बढ्ने सम्भवना ठूलो रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रपतिमा ८ दलीय गठबन्धनबाट हाम्रो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार हुनुहुन्छ । उहाँका लागि अहिलेसम्म ११ दलहरुले नै समर्थन गर्नुहुने भएको छ । अरु दलहरुबाट पनि समर्थन प्राप्त हुनसक्छ । किनभने अहिलेको लागि उपयुक्त पात्र हो । लोकतन्त्रको लागि लामो संघर्ष गरेको व्यक्तित्व हुनुहुन्छ, साथै संविधान रक्षाको लागि महत्वपूर्ण व्यक्ति हुनुहुन्छ ।’

‘समर्थन अझै बढ्ने सम्भवना छ । एमालेको पनि हाम्रो उम्मेदवारलाई समर्थन भए झनै राम्रो हो । धेरै ठूलो समर्थन रामचन्द्र पौडेलजीले प्राप्त गर्दै हुनुहुन्छ । अहिलेको आवश्यक्ताको पूर्ति उहाँले गर्न सक्नुहुन्छ भन्नेमा नै समर्थन प्राप्त भइरहेको छ । प्रदेशमा मात्रै सहभागी दलहरुको समर्थन थपिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जित्नेमा द्विमत नै छैन ।’

अभिमुखीकरण कार्यक्रममा उम्मेदवार पौडेलले संविधानको अक्षरश: पालना गर्नेकुरामा प्रतिवद्धता जनाउनुभएको बताउनु भयो ।