२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसको एमालेलाई जवाफ: राष्ट्रपतिमा सघाउँदैनौँ



अ+ अ-

काठमाडौँ । राष्ट्रपतिमा नेकपा (एमाले) का उम्मेदवार सुवास नेम्वाङलाई मत माग्न नेकपा (एकीकृत समाजवादी) को कार्यालयमा पुगेका एमाले नेताहरूलाई एकीकृत समाजवादीले राष्ट्रपतिमा सघाउन नसक्ने स्पष्ट जवाफ दिएको छ ।

एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेलको प्रस्ताव रहेको पार्टी भएकाले सहयोग गर्ने परिस्थिति नरहेको जवाफ दिएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो ।

पार्टी अध्यक्ष माधव नेपालको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो, “हाम्रो तर्फबाट पार्टीका अध्यक्षले मत माग्न आउनुभयो । सौहार्दपूर्ण वातावरण कुराकानी गर्ने आधार तयार गर्नुभएकोमा धन्यवाद छ । फेरिपनि छलफल हुनसक्छ ।”

पहिलो पटक दुई पार्टीबीच औपचारिक छलफल सुरू भएकाले बैठकमा नकारात्मक कुरा हुनुपर्ने कुनै कारण नहरेको प्रवक्ता खतिवडाको भनाइ थियो ।

एमालेले एकीकृत समाजवादीको अस्तित्वमाथि अनेकौँ कुरा भनेको सबैलाई थाहा छ भन्दै उहाँले त्यही पार्टीले आज पार्टी कार्यालयमा आएर औपचारिक संवाद गर्नु परिवर्तनको संकेत भएको बताउनुभयो ।