१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने

भोट माग्दै सुवास नेम्वाङ एकीकृत समाजवादी कार्यालयमा

भोट माग्दै सुवास नेम्वाङ एकीकृत समाजवादी कार्यालयमा
अ अ+ अ-

काठमाडौँ । राष्ट्रपतिका उम्मेदवार नेकपा (एमाले) का नेता सुवास नेम्वाङ नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय पुग्नुभएको छ।

बिहीबार बिहान नेम्वाङसहित एमालेका नेताहरू एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूसँग भेटवार्ता गर्न कार्यालय पुग्नुभएको हो ।

राष्ट्रपतिमा भोट माग्न नेम्वाङसहित विष्णु पौडेल र पृथ्वीसुब्बा गुरूङलगायत नेताहरु एकीकृत समाजवादी कार्यालय जानुभएको हो ।

राष्ट्रपतिका उम्मेदवार नेम्वाङले बिहीबार दिउँसो १ बजे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बसुन्धारास्थित कार्यालय पुग्ने कार्यक्रम रहेको बताइएको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनसँग बिहीबार दिउँसो २:३० बजे राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगेर राष्ट्रपतिमा भोट माग्ने कार्यक्रम छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले यसअघि राष्ट्रपति उम्मेदवार नेम्वाङलाई भोट माग्दै एकीकृत समाजवादी अध्यक्ष नेपाललगायत शीर्ष नेताहरूलाई पत्र पठाउनुभएको थियो ।

राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । राष्ट्रपतिमा नेम्वाङ र नेपाली कांग्रेसबाट नेता रामचन्द्र पौडेल उम्मेदवार हुनुहुन्छ ।