३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिगको उपाधि मछिन्द्रलाई



अ+ अ-

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ। 

गत सिजनको साविक विजेता समेत रहेको मछिन्द्रले २ खेल अगावै लगातार दोस्रोपटक उपाधि जितेको हो। 

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा मछिन्द्रलाई जित दिलाउन नुर्लान नोभ्रुजोभले निर्णायक गोल गरे।

उनले ५३औं मिनेटमा गरेको गोल नै मछिन्द्रलाई उपाधि जिताउन निर्णायक गोल हुन पुग्यो।

जितसँगै अपराजित रहेको मछिन्द्रको ११ खेलबाट २९ अंक जोडेको छ । 

मछिन्द्रले ११ खेलमा ९ जित र २ बराबरीको नतिजा निकालेको मछिन्द्रले १२औं चरणमा थ्री स्टार र अन्तिम खेलमा नेपाल एपिएफ फुटबल क्लबसँग हारको नतिजा ब्यहोरेपनि मछिन्द्र च्याम्पियन हुनेछ। किनभने कुनै टोलीले मछिन्द्रलाई अंकतालिकामा भेट्नेछैन।