१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिगको उपाधि मछिन्द्रलाई



अ+ अ-

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ। 

गत सिजनको साविक विजेता समेत रहेको मछिन्द्रले २ खेल अगावै लगातार दोस्रोपटक उपाधि जितेको हो। 

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा मछिन्द्रलाई जित दिलाउन नुर्लान नोभ्रुजोभले निर्णायक गोल गरे।

उनले ५३औं मिनेटमा गरेको गोल नै मछिन्द्रलाई उपाधि जिताउन निर्णायक गोल हुन पुग्यो।

जितसँगै अपराजित रहेको मछिन्द्रको ११ खेलबाट २९ अंक जोडेको छ । 

मछिन्द्रले ११ खेलमा ९ जित र २ बराबरीको नतिजा निकालेको मछिन्द्रले १२औं चरणमा थ्री स्टार र अन्तिम खेलमा नेपाल एपिएफ फुटबल क्लबसँग हारको नतिजा ब्यहोरेपनि मछिन्द्र च्याम्पियन हुनेछ। किनभने कुनै टोलीले मछिन्द्रलाई अंकतालिकामा भेट्नेछैन।