२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ बन्द इजलासमा



अ+ अ-

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा बन्द इजलासमा सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले मुद्दाको सुनुवाइ बन्द इजलासमा गर्न आदेश दिएको हो । सन्दीपका तर्फबाट बहस गरेका अधिवक्ता मुरारी सापकोटाले बन्द इजलासको माग गरेपछि बन्द इजलासमा बहस सुरु भएको छ । बहसको क्रममा सरोकारवालाबाहेक सबैलाई इजलासबाट बाहिर पठाइएको छ ।

लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत, पाटनको आदेशविरुद्ध सरकारले दिएको निवेदन र विदेश जाने अनुमति दिन लामिछानेले दिएको निवेदन न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासमा परेको थियो ।

संयुक्त अरब ईमिरेट्स दुबईमा हुने क्रिकेट प्रतियोगितामा खेल्नका लागि जान पाउनुपर्ने मागसहित बिहीबार लामिछानेका तर्फबाट अधिवक्ता सरोज घिमिरेले निवेदन दिएका थिए । लामिछानेले विदेशमा खेल्न जान दिनुपर्ने माग राखी रिट दायर गरेका थिए ।

नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत फागुन १५ गतेदेखि २२ गतेसम्म युएई र पपुवान्युगिनीसँग सिरिज खेल्दैछ । नाबालिग बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतको थुनछेक आदेशपछि थुनामा बसेका लामिछाने उच्च अदालत पाटनले जारी गरेको आदेशपछि २० लाख धरौटीमा रिहा भएका थिए । तर, अदालतले सन्दीपलाई काठमाडौँभन्दा बाहिर जान नपाउने सर्त राख्दै रिहा गरेको थियो ।