१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहीद स्मारक ‘बी’ डिभिजन खेल यसै महिनामा हुने



अ+ अ-

काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता यही फागुन तेस्रो सातादेखि सुरुआत हुने भएको छ ।
    
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ‘बी’ डिभिजन लिग यही फागुन १८ गतेदेखि सुरुआत हुने जनाएको छ । बी डिभिजन लिगमा विभिन्न १४ क्लबको सहभागिता रहनेछ जसमा झम्सिखेल युथ क्लब, सामाजिक युवा क्लब, बाँसबारी क्लब, खुमलटार युवा क्लब, वीरगञ्ज युनाइटेड क्लब, नयाँबस्ती युवा क्लब र छुरच वोइज युनाइटेड क्लब छन् । 
    
त्यसैगरी टुसाल युवा क्लब, श्री कुमारी क्लब, ब्वाइज युनियन क्लब, रानीपोखरी कर्नर टिम, सरस्वती युवा क्लब, मध्यपुर युथ एशोसियसन र श्री भगवती क्लब सहभागी छन् । 

सिङ्गल राउण्ड रोविन लिगका आधारमा हुने खेलमा शीर्ष स्थान हासिल गर्ने दुई टोली ए डिभिजन लिगमा बढुवा हुनेछन् । यस्तै पुछारका दुई टोली भने रेलिगेसनमा पर्नेछन् ।
    
लिगको उद्घाटन खेलमा तीन वटा खेल हुनेछन् । जसमा पहिलो खेल झम्सिखेल युथ क्लब र श्री भगवती क्लवबीच प्रतिस्पर्धा हुनेछ । 

यस्तै दोस्रो खेलमा बाँसबारी क्लब र सरस्वती युवा क्लब तथा तेस्रो खेलमा वीरगञ्ज युनाइटेड र बोइज युनियन क्लबबीच प्रतिस्पर्धा हुनेछ ।