२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोखामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु



अ+ अ-

काठमाडौं । काठमाडौंस्थित टोखा नगरपालिको दिपज्योतिमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

बा २ क ३४६६ नम्बरको टिपरले प्रदेश ०३–०२–०१० प ७२२१ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिंदा दुई जनाले ज्यान गुमाएका हुन् । 

मृत्यु हुनेमा मोटरसाइकल चालक नुवाकोट बेलकोट नगरपालिका–६ घर भई टोखा–९ बानियाटार डेरा गरी बस्ने २६ वर्षीय सन्तोष अधिकारी र मोटरसाइकलमा सवार २२ वर्षीय दीपेश थापा रहेका छन् । 

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय सागर खतिवडाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टिपर चालक प्रहरीको नियन्त्रणमा आएका छन् ।