१५ भाद्र २०८३, सोमबार
,
Latest
राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह रसुवा बाढीका कारण ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ भदौ २८ मा सारियो रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपछिको उद्धार र राहतबारे ब्रिफिङ बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा पुनःस्थापना तीव्र, ११० साइट सुचारु त्रिशूली पारीको भूभाग सडक सञ्जालमा जोडियो पनौती नगरपालिकाले बाढी प्रभावितलाई ३० लाख सहयोग गर्दै विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगर्ने पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनको रकम नपाउने बाढीपहिरोमा ज्यान गुमाएकाको पशुपतिमा निःशुल्क दाहसंस्कार र कृयापुत्री सेवा सुनौलीमा शान्तिदीप बाल्दै भारतीय पत्रकारले भने ‘नेपालको दुःख हाम्रो पनि दुःख हो’ भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारबाट बाहिरिने राप्रपाको निर्णय, समर्थन पनि फिर्ता



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । पार्टीको आज बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले राष्ट्रपति निर्वाचनमा पछिल्लो विकसित घटनाक्रमको समीक्षा गर्दै पार्टी सरकारबाट फिर्ता हुने निर्णय गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । बैठकले प्रदेशसभामा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

शुक्रबार भएको बैठकमा राष्ट्रपति पदमा उम्मेदवार छनोट गर्ने तथा निर्वाचन प्रक्रियामा सहभागी हुने वा नहुने भन्ने विषयमा भएको छलफलमा पार्टीले लिएका मुद्दा स्थापित गर्न राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने सुझाव आएको थियो ।

कुनै पनि उम्मेदवारको पक्षमा समर्थक वा प्रस्तावक नबस्नेसमेत निर्णय गरेको थियो । निर्वाचन आयोगले आज राष्ट्रपति पदको उम्मेदवारको मनोनयन दर्ता गर्न र २५ गते मतदानको समय तोकेको छ ।